मनकामना केवलकार चैत २५ देखि ३० गते सम्म बन्द रहने

चैत्र २३, मुग्लिन- मनकामना केबुलकार ६ दिन बन्द हुने भएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि ३० गतेसम्म बन्द गरिने भएको हो ।

केबुलकारको स्तरोन्नतिको पहिलो चरण मध्येको कार्यअनुसार बुल ह्विल बेरिङ नयाँ फेर्नाका साथै बुल ह्विल र अन्य मर्मतसम्भारका लागि केबुलकार बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिकाले जनाएको छ ।

चैत्र ३१ गते बाट पुन: नियमित रुपमा संचालनमा आउने जनाएको छ |

तपाईको प्रतिक्रिया