देशभर २ सय ६६ जनामा कोरोना पुष्टी, ४ जनाको मृत्यु

चैत्र १४, काठमाण्डौ,  पछिल्लो २४ घण्टाको अवधिमा  देशभर २ सय ६६ जनामा कोरोना भाईरस संक्रमित (कोभिड-१९) पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको  ४ हजार ५ सय ३६ नमुना पिसिआर परिक्षणबाट २ सय ६६ जनामा जनामा कोरोना संक्रमित पुष्टी भएको छ। थप ४ जनाको मृत्यु भएको छ।

यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमण हुनेको सङ्ख्या २ लाख  ७८ हजार २ सय १० जना पुगेका छन्  भने ३ हजार ३६ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरस बाट निको भएर १ सय २ जना घर फर्किएका छन् भने आज सम्ममा कुल २ लाख  ७३ हजार ३ सय ४२ जना निको भएर घर फर्केका छन् ।

नेपालमा अहिले सक्रिय संक्रमितको सङ्ख्या १ हजार ८ सय ३२ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया