काठमाडौँ उपत्यकामा ९९ सहित देशभर १ सय ७६ जनामा कोरोना पुष्टी

चैत्र १४, काठमाण्डौ,  पछिल्लो २४ घण्टाको अवधिमा  देशभर १ सय ७६ जनामा कोरोना भाईरस संक्रमित (कोभिड-१९) पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको ३ हजार ४ सय ५६ नमुना पिसिआर परिक्षणबाट १ सय  ७६ जनामा जनामा कोरोना संक्रमित पुष्टी भएको छ।

यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमण हुनेको सङ्ख्या २ लाख  ७७ हजार ९ सय ४४ जना पुगेका छन्  भने ३ हजार ३२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरस बाट निको भएर १ सय १७ जना घर फर्किएका छन् भने आज सम्ममा कुल २ लाख  ७२ हजार २ सय ४० जना निको भएर घर फर्केका छन् ।

नेपालमा अहिले सक्रिय संक्रमितको सङ्ख्या १ हजार ६ सय ७२ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया