चीनबाट प्राप्त भेरोसेल खोप चैत्र २५ गतेबाट काठमाडौँका तोकिएका अस्पतालहरुलाई दिने

चैत्र २२, काठमाडौँ- चीनबाट प्राप्त भेरोसेल खोप चैत्र २५ गतेबाट काठमाडौँका तोकिएका अस्पतालहरुलाई दिने प्रवन्ध मिलाईने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले चीनबाट प्राप्त खोप अत्यावश्यक सेवामा संलग्न व्यक्तिहरु, चीन सरकारको छात्रवृत्तिमा चीनमा पढ्ने विधार्थीहरु , हिमालयपार व्यापारमा संलग्न व्यक्तिहरु, चीनमा अध्ययनका लागि तयारी अवस्थामा रहेका व्यक्तिहरु दिने तयारी गरेको जानकारी गराए ।

तपाईको प्रतिक्रिया