बैशाख १ गते पोखरामा मेयर साइकल दौड प्रतियोगिता हुने

चैत्र २२, पोखरा – पोखरा महानगरपालिकाले नयाँ बर्षको अवसरमा बैशाख १ गते मेयर साइकल दौड प्रतियोगिता आयोजना गर्ने भएको छ ।

जलवायु परिवर्तनको असर र त्यसबाट बच्न अनुकुल वातावरण बनाउने उद्देश्यका साथ कास्की जिल्ला साइक्लिङ संघ, साइकल सिटि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको सहकार्यमा “वातावरण जोगाऔ, स्वस्थ रहौं” भन्ने नाराका साथ प्रतियोगिता गर्न लागिएको हो ।

प्रतियोगितामा देशभरका स्थानीय तहका प्रतिनिधिहरुलाई सहभागीताको लागि निमन्त्रणा गरिसकेको पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले जानकारी दिनुभयो ।

प्रतियोगितामा सहभागीहरुले बिहान ८ बजे महानगरको कार्यालयबाट साईकल चलाउन सुरु गर्नेछन् । ५ किलोमिटर दुरी प्रतियोगिताको अन्तिम गन्तव्य हल्लनचोक रहेको छ ।

महानगरले बैशाख १ गते नै स्थानीय सरकार संचालन ऐनका सकरात्मक तथा नकारात्मक प्रभाव बारे पनि छलफल गर्ने जानकारी पत्रकार सम्मेलन गरी दिईएको छ ।

 

तपाईको प्रतिक्रिया