बारपाकमा जीप दुर्घटना: २ जनाको मृत्यु ७ घाइते

चैत्र २२, काठमाडौँ- गोरखाको बारपाकबाट बालुवा आउँदै गरेको ना ५ च ३२९८ नम्बरको बोलेरो जिप शनिबार साँझ दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ भन्ने सात जना घाइते छन् ।

मृत्यु हुनेमा लम्जुङ्गको दुधपोखरी गाउँपालिका बिचौरका ५५ वर्षीय रामेश्वर न्यौपाने र ४५ वर्षीय ठाकुर दवाडी रहेका छन् | उहाँहरु दुवै जना शिक्षक रहेका छन् ।

घाईते हुनेहरुमा लम्जुङ बेसीशहरका २० वर्षीय सन्तोष तामाङ, दूधपोखरी गाउँपालिकाका ३० वर्षीय विष्णु दवाडी, २८ वर्षीय अनिल मरहट्टा, १८ वर्षीय अमृत दवाडी, २६ वर्षीय विष्णु न्यौपाने, २९ वर्षीय अमृत दवाडी र तनहुँ व्यास नगरपालिकाका ३६ वर्षीय सुशील नराल रहेका छन् ।

उनीहरु बारपाक घुम्न गएको जानकारी आएको छ ।

तपाईको प्रतिक्रिया