आज बस्ने भनिएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित, अर्को बैठकको मिति तय भएन

चैत्र २२, काठमाडौँ- आइतबार बिहान ११ बजे पेरिसडाँडामा बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको हो।

स्थायी कमिटिका केही नेताहरु काठमाडौं उपत्यका बाहिर रहेकाले बैठक स्थगित गरिएको जानकारी दिए । बैठकको अर्को मिति तोकिएको छैन ।

आज बस्ने भनिएको बैठकले सरकारलाई दिइएको समर्थन फिर्ता बिषयमा निर्णय लिने चर्चा गरिएको थियो।

तपाईको प्रतिक्रिया