यसरी गरियो राहदानी विधेयक प्रमाणीकरण

काठमाडौं– राष्ट्रपति विद्यादेवि भण्डारीले राहदानी विधेयक प्रमाणीकरण गरेकी छन् । यसअघि राहदानी विधेयकलाई प्रमाणीकरणको लागि राष्ट्रपति समक्ष पठाइएको भएपनि राष्ट्रियसभामा शंसोधनकै क्रममा रहेको विधेयक प्रमाणकरणको लागि पठाइएपछि राष्ट्रपति विद्यादेवि भण्डारी यो विधेयक संविधानको धारा १ सय १३ बमोजिम फिर्ता गरिदिएकी थिइन । फिर्ता आएको विद्येयकलाई प्रतिनिधिसभाले पुन राष्ट्रियसभामा पठाएको थियो र शंसोधनपछि यो विधेयक राष्ट्रपतिकोमा पुगी आइतबार प्रमाणीकरण भएको हो ।

कुनै पनि सरकारी निकायले चाहे राहदानी रोक्न सक्ने व्यवस्थालाई राष्ट्रियसभाले शंसोधन गरी गृहको सिफारिसमा मार्फत यस्तो व्यवस्था कायम राखेको थियो । सरकारी कामको सिलसिलामा विदेश भ्रमणमा जाने तोकिए बमोजिमका पदाधिकारीलाई सम्बन्धित मन्त्रालय, संवैधानिक निकाय वा सचिवालयबाट सिफारिस भई निर्णयसहित लेखी आएमा परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले कूटनीतिक राहदानी जारी गर्ने व्यवस्था कायम गरिएको छ ।

तपाईको प्रतिक्रिया