कास्की २ मा विद्या भट्राई, रविन्द्रप्रतिको सम्मान

पोखरा– नेकपाले कास्की २ बाट विद्या भट्राईलाई चुनावी मैदानमा उत्राने भएको छ । यसअघि आफ्नै श्रीमान् रविन्द्र अधिकारी निर्वाचित भएको यो क्षेत्रमा अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि नेकपाले उपचुनावमा विद्यालाई उम्मेद्वार सिफारिस गरेको हो ।

कास्की २ मा विद्यालाई उम्मेद्वार बनाउने विषयमा अब पार्टीले आधिकारिक निर्णय गर्न मात्र बा“की छ ।

यसअघि कास्की २ मा बामदेव गौतमलाई उम्मेद्वार बनाउने चर्चा भएपनि गौतम आफू नउठ्ने घोषणा गरेपछि अन्य बाटो खुलेको थियो ।

कास्की २ मा नेकपाले विद्यालाई उम्मेद्वार बनाउने भएपछि कतिपयले स्वर्गिय रविन्द्र अधिकारीप्रतिको सम्मानको रूपमा पनि लिएका छन् ।

तपाईको प्रतिक्रिया