बेलायतमा नेपाली कांग्रेस भातृसंगठनवीच एकता हुने

काठमाडौं–नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति बेलायतको एकता अधिवेशन अगामि जुलाईमा हुने भएको छ ।   लण्डनस्थित हिमालय क्लवमा सम्पन्न एक भेलाले जुलाई महिना भित्र एकता महाअधिवेशनको मिति तोक्दै लामो समयदेखि थााती रहेको विवादलाई अन्त्य गर्ने सहमति गरेको हो ।

समितिका सल्लाहाकार चिरन्जिवी ढकालको पहलमा सम्पन्न भेलामा बेलायतस्थित जनसम्पर्क समितिका बिभिन्न गुटउपगुटका नेता तथा कार्यकताहरुको उपस्थिती थियो। भेलाले अधिवेशन सम्पन्न गर्नका लागि सभापति लोक गुरुङको संयोजकत्वमा एक अधिवेशन आयोजक समिति गठन गरेको छ ।

समितिको अन्य सदस्यमा विनोद मोक्तान, विज्ञान प्रसाई र चेतनाथ खनाल छन । यसअघि खनालले आफ्नै नेतृत्वको छुट्टै जनसम्पर्क समितिको मोर्चा बनाएका थिए ।

तपाईको प्रतिक्रिया