प्युठान जिप दुर्घटनामा ४ जनाको मृत्यु, १० घाईते

बैशाख १,प्युठान । प्युठानमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

गुल्मीबाट स्वर्गद्वारी दर्शन गर्न जाने क्रममा लु१ज १६५५ नं.को जिप बुधबार बिहान प्युठानको रुमाले भन्ने ठाउँमा दुर्घटना हुँदा घटनास्थलमा २ जना र उपचारको क्रममा २ जना गरी ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

मृत्यु हुनेमा जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत प्रशासकीय अधिकृत श्याम न्यौपाने, गाडी चालक र अर्का दुई जना रहेका छन् । गाडीमा १४ जना सवार रहेका थिए । १० जना घाइते भएका छन्, घाईते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

गम्भीर घाईतेहरुलाई हेलिकप्टरमा हालेर काठमाडौँ ल्याउने तयारी भईरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया