अपडेट : उपत्यका बाहिर जान दिने निर्णय भएको छैन : गृह मन्त्रालय

काठमाडौं– गृह मन्त्रालयले भोली पर्सि काठमाडौं उपत्यका बाहिर जान दिने निर्णय नभएको दाबि गरेको छ ।

विभिन्न सचार माध्यममा शुक्रबार र शनिबार काठमाडौं उपत्यकाबाट आफ्नो क्षेत्रमा जान चाहनेलाई जान दिने निर्णय कोरोना नियन्त्रण सम्बन्धी उच्चस्तरीय राजनीतिक समितिबाट भएको समाचार विभिन्न सचार माध्यमबाट आएपछि गृहले यस्तो कुनै किसिमको निर्णय नभएको बताएको हो ।

यता भौतिक पूर्वाधार तथा यातयात मन्त्री बसन्त नेम्बाङले उपत्यकाका बाहिर जाने दिने निर्णय कार्यान्वयन हुन नसक्ने बताएका थिए ।

Published On:  119पटक हेरिएको

तपाईको प्रतिक्रिया