बुधवार दशैभर मौसम चिसो, केही दिनमै गर्मी शुरू हुने

काठमाडौं– केही दिनयता बनेको पानी पर्ने प्रणाली अर्थात पश्चिमी वायुले ल्याएको न्युनचापीय प्रणालीको कारण देशभरको मौसममा बदली भएको छ । मौसममा आएको बदलीसंगै बुधबार विहान काठमाडौं उपत्यका लगायत देशका पश्चिमी भेगमा पानी परेको छ । पश्चिमी वायुको सक्रिय प्रभावका कारण पश्चिमी तराई तथा पहाडी भागमा वर्षा भएपनि हिमाली क्षेत्रमा भएको हिउँपातका कारण जनजीवन प्रभावित भएको छ । मंगलबार साँझबाट देशको सुदुरपश्चिम क्षेत्रहुदैं बुधवार मध्य क्षेत्रसम्म आएको पश्चिमी वायुको प्रभावबाट सवैभन्दा धेरै डडेलधुरामा १२ मिलिमिटर वर्षा भएको छ । न्युन चापीय प्रणलीको प्रभावले उच्च हिमाली क्षेत्रमा भएको हिमपातले जनजिवन प्रभावित भएको मौसम पूर्वानुमान महाशाखा बताएको छ । हिउँद महिनामा पश्चिम वायु बढी सक्रिय हुने गर्छ । यो वर्षको हिउँदमा पश्चिमी वायूको प्रभावका कारण भएको दोस्रो वर्षात हो । पहिलो वर्षातमा सुदूरपश्चिममा हल्का वर्षा भएपनि पूर्वी र मध्ये क्षेत्र सुख्खा नै रह्यो । पानी नपर्दा बातावरणमा प्रदुषण फैलिने हुनाले वर्षातपछि केही हदसम्म प्रदुषण कम हुन्छ । वातावरणीय बुधबार देशभरको मौसममा आएको बदलीका कारण केही चिसो बढेको छ । देशभर वर्षा भएसंगै अब केही दिनपछि जाडो घटेर गर्मी हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया