यसरी दर्ता हुँदै छ राणाको नेतृत्वमा नयाँ पार्टी

काठमाडौं । पशुपतिशमशेर राणाको नेतृत्वमा गठित राप्रपा प्रजातान्त्रिकलाई केन्द्रीय सदस्य र सांसद्को हस्ताक्षर रुजु गराउन निर्वाचन आयोगले आगामी भदौ ४ गतेको मिति तोकेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजन गरेर राणाले नयाँ पार्टी दर्ताका लागि गत साउन २२ गते निवेदन दिएका थिए । राणाले २२ गते नै ७४ जनाको हस्ताक्षर सहित निवेदन दिएपनि आयोगले दोहोर्‍याएर नाम दर्ता गराउन निर्देशन दिएको हो ।

९० भन्दा बढी केन्द्रीय सदस्य पुर्‍याइदै
स्रोतका अनुसार राणा नेतृत्वको पार्टीमा ९० जना केन्द्रीय सदस्य पुगीसकेको छ भने बाँकी ५ जनापनि छलफलमा छन् । राणाको पक्षमा १८ जना संसदले गरेको हस्ताक्षर निर्वाचन आयोगमा पुगिसकेको छ भने थप ४ जना संसदले पनि हस्ताक्षर गरीसकेको राणा निकट एक केन्द्रीय सदस्यको दाबी छ । ३७ सांसद रहेको राप्रपा फूट्दा तीनै जना निर्वाचित सांसद् राणा पक्षमा आएका छन् । अगामी निर्बाचनमा ३ प्रतिशत थ्रेस होल्ड र एक प्रत्यक्ष निर्बाचनको व्यबस्थाले थापा नेतृत्वको राप्रपाबाट राणा नेतृत्वमा आउने लहर शुरु भएको छ। जनताबाट प्रत्यक्ष निर्बाचित तथा दललाई सामुहीक निर्णयबाट चलाउने राणाको तयारीले कमल थापाको एकलौटी शैलीबाट हैरानी खेपीरहेका केन्द्रीय सदस्यहरु आफ्नो भविष्य सुरक्षीत गर्न राणा नेतृत्वको पार्टीमा आउन शुरु गरेका हुन। राप्रपाको मतदाताको मुख्य आधार भनेको हिन्दुराज्य, राजतन्त्र, राष्ट्रियता सबै कमल थापाले तिलाञ्जली दिँदै सत्तालोलुपता र अहंकारका कारण पार्टीनै बिसर्जनको संघारमा पुगीसकेकाले लामो समयदेखी राजनीतिमा आबद्ध राप्रपाका नेता कार्यकर्ताका भविष्य संकट भएपछि अधिकांस राणा नेतृत्वको प्रजातान्त्रीकतर्फ फर्कन शुरु गरेका हुन।

कमल थापा पक्षबाट केन्द्रीय सदस्यलाइ धम्की
राप्रपा अध्यक्ष कमल थापा र फिफाले भ्रष्टाचारी घोषणा गर्दै कार्वाही गरेका तथा अख्तियारको फन्दामा परिने डरले राजनीतिक आबरण दीएर चोख्याउन खोजीएका सांसद गणेश थापाले केन्द्रीय सदस्यहरुलाई प्रलोभनमा पार्ने देखि धम्क्याउने सम्मको काम गरिरहेको राणा निकट एक केन्द्रीय सदस्यको दाबी छ। यता लोकमानसिंह कार्कीका पालामा सम्धीको नाता लगाउदै तामेलीमा हालीएको थापाको फाइल समेत खोल्न अख्तियारभित्रै चर्को दबाब परेको छ। खेलाडी म्याचफिक्सीङको आरोपमा खोरमा परिसके तर सबै चाँजोपाँजो मिलाउनेदेखी फिफाको नेतृत्वको मतदानसम्म घुस लिएको प्रमाणीत भइ कार्वाहीमा परिसकेका थापाको तामेली फाइल पुन खोल्न अख्तियारका प्रमुख आयुक्त दिप बस्नेतलाई अन्य आयुक्तहरुले समेत सुझाब दिएका छन्। अहिले पनि राणाको पक्षमा आउने डरले कमल थापा र गणेश थापाले केही केन्द्रीय सदस्यहरुलाई हेटौडामा लुकाएर राखेका छन्। उनीहरुलाई २० लाखदेखी ५० लाख दिने तर पार्टी नछोड्न प्रलोभन दिइरहेको बताइएको छ। ५ जना त्यसरी रहेका केन्द्रीय सदस्यहरुभने राणा नेतृत्वको प्रजातान्त्रीकपार्टीसंग छलफल गरिरहेका छन् भने भोलीनै काठमाडौं आएर औपचारीक पार्टी प्रबेश गर्ने तयारी गरिरहेका छन् । शुरुमा रातारात संख्या थपेर हैरानी पार्ने तथा ४० प्रतिशत संख्या पुगेन भन्दै भ्रम छरिरहेको थापा समुह आकस्मीक रुपमा राणा पक्षमा संख्या थपीएपछि आत्तिएको छ । थापाको व्यक्तिगत बफादारीताको ब्याजमा राप्रपाको केन्द्रीय सदस्यको पगरी पाएपनि जनतासंग कुनै पहुँच नरहेका र थापालाई देख्दा जर्नेल देखेको सिपाहीजसरी तसर्ने निकटतस्थहरु सामाजीक सञ्जालमा कोलोहोलो गर्नेदेखी चरित्रहत्या गर्नेसम्मको काममा क्रियाशील रहेका छन् ।

डा. लोहनी र बिष्ट पनि राणा सँग मिल्ने संकेत
अध्यक्ष थापाले पार्टीको राजनीतिक एजेण्डालाई तिलाञ्जली दिदै आफ्नै सत्तालिप्सा तथा निजी फाइदामात्र हेरेपछि असन्तुष्ट बनेका अन्य राप्रपा नेताहरु समेत नयाँ पार्टीमा आउन लबिङ गरिरहेका छन् । केही समय अघि मात्र राप्रपाबाट छुट्टीएर नयाँ पार्टी गठन गरेका डा. प्रकाशचन्द्र लोहनी तथा एकीकृत राप्रपाका सहअध्यक्ष केशरबहादुर विष्टका छोरा विराज विष्टदेखि उनीहरु निकटका अन्य सांसद पनि राणा पक्षमै छन् । त्यसैले दर्ता प्रक्रिया पुरा भएसँगै लोहनी राणा एकता हुने राणा पक्षको दाबी छ । बिष्ट र लोहनी ठूलो जनमत प्राप्त गर्ने पुराना नेता हुन् । उनीहरुको प्रबेशले पनि पार्टीलाई अगामी संसदीय चुनाव तथा संघीय चुनामा फाइदा पुग्ने बिश्लेषण गरिएको छ ।

 

तपाईको प्रतिक्रिया

RocketplayRocketplay casinoCasibom GirişJojobet GirişCasibom Giriş GüncelCasibom Giriş AdresiCandySpinzDafabet AppJeetwinRedbet SverigeViggoslotsCrazyBuzzer casinoCasibomJettbetKmsauto DownloadKmspico ActivatorSweet BonanzaCrazy TimeCrazy Time AppPlinko AppSugar rush