राष्ट्रपति विद्यादेवी भण्डारी र भारतीय प्रधानमन्त्री मोदी भेट

काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहसँग छुट्टा छुट्टै भेटवार्ता गर्नुभएको छ । भेटमा नेपाल भारत सम्बन्ध र आपसी हितबारे कुराकानी भएको बताइएको छ ।

भेटका क्रममा नेपाल भारतबीच आपसी विश्वास र सद्भावको विकास बढेर गएको बताउँदै नेपालको हित र विकासमा भारत सरकार सदैव साथमा रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । विदेशमन्त्री स्वराजले नेपाल र भारतबीच उच्चस्तरको सम्बन्ध रहेको स्पष्ट पार्दै भारतीय लगानीमा बनेका आयोजनाबारे चासो राख्नुभएको थियो ।

त्यस्तै भारतीय गृहमन्त्रीले सीमाक्षेत्रको सुरक्षा, नेपालको समृद्धिबारे छलफल  गर्नुभएको थियो । भेटका अवसरमा राष्ट्रपति भण्डारीले नेपाल भारतबीच सांस्कृतिक, धार्मिक तथा सामाजिक सम्बन्ध रहेको बताउँदै आफ्नो भ्रमणले दुइ देशबीचको मित्रताको अझै प्रगाढ भई उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । ठूलो राजनीतिक परिवर्तनपछि नेपालमा बनेको समावेशी संविधानले महिला र पिछडिएका समुदायको अधिकार स्थापित भएको उहाँले बताउनुभएको थियो

तपाईको प्रतिक्रिया