भारतीय आयल निगमसँग हुन लागेको सम्झौता सरकारलाई पेश गर्न वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको निर्देशन

काठमाडौं–व्यवस्थापिका संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले भारतीय आयल निगमसँग नेपाल सरकारले गर्न लागेको पञ्चवर्षीय सम्झौताको मस्यौदा पेश गर्न सरकारलाई निर्देशन दिएको छ । समिति अन्तरगतको उपसमितिले आपूर्ति मन्त्रालय र नेपाल आयल निगमका पदाधिकारीसाग सोमबार छलफल गरी भारतीय आयल निगमसाग गर्न लागिएको पञ्चवर्षीय सम्झौताको मस्यौदा पेश गर्न आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो । नेपाल आयल निगम र भारतीय आयल निगमबीच पञ्चवर्षीय सम्झौता गर्ने तयारी भइरहेका बेला समितिले त्यस सम्बन्धमा चासो देखएको हो ।

बैठकमा समितिका सदस्यहरुले पेट्रोलियम पदार्थको आपूर्ति सहज नभए उपभोक्तालाई क्षतिपूर्तिको व्यवस्था गर्ने व्यवस्था पनि सम्झौतामा उल्लेख गर्न सुझाव दिएका थिए । उनीहरुले तेस्रो मुलुकबाट सिधै पेट्रोलियम पदार्थको आपूर्ति गर्ने व्यवस्था गर्न पनि सचेत गराएका छन ।

समितिका सदस्यहरुले पेट्रोलियम पदार्थको आपूर्तिका लागि भारतमाथी मात्रै भर पर्नुपर्ने अवस्थाको अन्त्य गर्न पनि सरकारसाग माग गरेका छन । बैठकमा नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक शुशिल भट्टराईले तेस्रो मुलुकबाट पेट्रोलियम पदार्थ ल्याउने गरी भारतीय आयल निगमसाग सम्झौता गर्ने तयारी भईरहेको जानकारी दिनु भएको थियो । उहााले तेस्रो मुलुकबाट पेट्रोलियम पदार्थ ल्याए बापतको ढुवानी खर्च मात्रै भारतलाई दिनुपर्ने पनि स्मरण गराउनु भएको थियो ।

तपाईको प्रतिक्रिया