ग्याल्वो ल्होछार मनाइयो

काठमाडौं–सोमबार दशैभर सेर्पा समुदायले मनाउने ग्याल्वो ल्होछार मनाइएको छ । महायानी बौद्ध धर्मावलम्बी शेर्पा समुदायमा ग्याल्बो ल्हेसारको सेर्पा समुदायमा विशेष महत्व छ । धार्मिक तथा साँस्कृतिक दृष्टिकोणले निकै महत्वपूर्ण मानिने ग्याल्बो ल्होसार शेर्पा समुदायका लागि नयाँ बर्ष पनि हो । स्वदेश तथा विदेशमा रहेका शेर्पा समुदायले परम्परागत रुपमा लोसार मानए । त्यसैगरि काठमाडौंको बौद्धमा धार्मिक अनुष्ठान गरि भगवान बुद्धको पुजा अर्चना गरे ।

बौद्ध धर्मावलम्बीहरुको हरेक पर्व विशेषमा जोडिने विश्वशान्तिको प्रशंग ग्याल्बो ल्होसारमा पनि जोडिन्छ । यस अवसरमा आफ्नो मात्र नभै सम्पूर्ण चराचर जगतको कल्याण र विश्वशान्तिका कामना गरिन्छ । शेर्पा समुदायमा ल्हो भन्नाले बर्ग वा साल र छार भन्नाले नयाँ भन्ने अर्थ लाग्छ । ल्होसारमा नया साल अर्थात वर्ग फेरिन्छ । धार्मिक तथा साँस्कृति मान्यता अनुसार १२ वटा पशु–पंक्षीको नामका आधारमा वर्गहरुको नामाकरण गरिएका हुन्छन । जसअनुसार मुसा, गाई, बाघ, बिरालो, गिद्ध, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृग रहेकाछन् । यस बर्ष बाँदर बर्गालाई विदाई तथा चरा बर्गलाई स्वागत गर्दै शेर्पा समुदायले ग्याल्बो लोसार मनाएका छन ।

Published On:  745पटक हेरिएको

तपाईको प्रतिक्रिया