सुवासचन्द्र भण्डारी– मौसमी वातावरणमा गर्मी चढ्दै गर्दा त्रिभुवन बिश्वबिद्यालय केन्द्रीय क्याम्पस, देशैभरीका आङ्गिक क्याम्पस र त्रिभुवन बिश्वबिद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचनको गर्मागर्मी ह्वातै बढ्न थालेको छ । २०६५ साल यता हुन नसकेको स्ववियु निर्वाचन यसअघि २०७० सालमा बिभिन्न बिद्यार्थी सङ्गठनको बिरोधको कारण घोषित मितिको २ दिन अगाडी मात्रै त्रिबिले स्थगन गरेको थियो । त्रिभुवन बिश्वबिद्यालयले २०७३ साल फाल्गुन १४ गतेको लागि निर्वाचन मिती घोषणा गरेर निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ । त्यसैअनुरुप नै तीन ठूला पार्टी नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओबादी केन्द्रका भातृ सङ्गठनहरु नेवि संघ, अनेरास्ववियु र अखिल (क्रान्तिकारी), बिप्लप निकट अखिल (क्रान्तिकारी),नयाँ शक्ती पार्टी निकट विद्यार्थी सङ्गठन, मधेशी बिद्यार्थी सङ्गठन र अन्य क्षेत्रीय तथा राष्ट्रिय बिद्यार्थी सङ्गठनहरुले आफ्नो तयारी तिव्र पारेका छन् ।
स्ववियु निर्वाचनको पृष्ठभूमी
नेपाली प्रजातान्त्रिक आन्दोलनमा बिद्यार्थी आन्दोलनको इतिहास निकै लामो भएपनि २०३६ सालको बिद्यार्थी आन्दोलनले स्थापित स्वतन्त्र बिद्यार्थी यूनियनको स्थापनापछि संस्थागत रूपमा नेपाली बिद्यार्थी आन्दोलन स्थापित भएको बुझाई छ । २०३६ सालदेखि निरन्तर रूपमा हुँदै आएको स्ववियु निर्वाचन राजाको प्रत्यक्ष शासनको बेलाहरुमा समेत नियमित रुपमा सम्पन्न भएको थियो । पहिलो संविधानसभा निर्वाचन र गणतन्त्रको स्थापनापछि २०६५ सालमा सम्पन्न भए यता त्रिभुवन बिश्वबिद्यालय अन्तर्गतका क्याम्पसहरुमा बिगत आठ वर्षदेखी स्ववियु निर्वाचन सम्पन्न हुन सकेको छैन । शुरूका दिनहरुमा स्ववियु प्रति आम बिद्यार्थीहरुको धारणा सकारात्मक नै भए पनि पछिलो दुई दशकमा स्ववियु भित्र रहेर बिद्यार्थी सङ्गठन र तिनका अगुवा नेताहरुले गरेको अख्तियार दुरुपयोगको कारणले आम बिद्यार्थीहरु माझ स्ववियुको राम्रो छाप छैन । स्ववियु सभापति र पदाधिकारी भएपछि आफ्नो आन्तरिक सङ्गठन, माउ पार्टी र क्षेत्रीय तथा राष्ट्रिय राजनीतिमा सजिलै स्थापित हुन सकिने, क्याम्पस भित्र र वरपरका ठेक्कापट्टामा राम्रै हस्तक्षेप गरेर आर्थिक लाभ लिन सकिने, राजनीतिक भनसुन र पहुँचको आधारमा आफन्तलाई जागिर खुवाउन सकिने लगायतका गलत प्रवृतिगत परिपाटीको विकासले गर्दा बिगतका स्ववियु कुनै खास– खास राजनीतिक दलहरुका कार्यकर्ता उत्पादन केन्द्रको रूपमा सिमित भए भन्दा अत्युक्ति नहोला । जनयुद्धको पृष्ठभूमिबाट खुल्ला राजनीतिमा उदाएको तत्कालिन ने.क.पा.(माओबादी) निकट अखिल (क्रान्तिकारी) ले त्रि बि केन्द्रीय क्याम्पस लगायत महत्वपूर्ण आङ्गिक क्याम्पसहरुको स्ववियु निर्वाचन २०६५ मा बिजय हाासिल गरेको थियो । माउ पार्टी टुक्रा–टुक्रामा विभाजित हुनु र त्यससँगै बिद्यार्थी सङ्गठन समेत विभाजित हुनु, बिगतमा उठाएका जनमुखी र जनबादी शिक्षाको मुद्दालाई यथोचित तरिकाले स्थापित गर्न नसक्नु, अपबाद बाहेक खासै नयाँ योजना र कार्यहरु गर्न नसक्नु आदि कारणले गर्दा हजारौं शहिदको बलिदानीपूर्ण पृष्ठभूमीबाट स्थापित अखिल (क्रान्तिकारी) प्रति समेत पछिल्ला दिनहरुमा आम विद्यार्थीको मन मष्तिस्कमा नकारात्मक छाप पर्दै गयो । यद्यपी उसले उठाएको र स्थापित गरेको स्ववियु उमेद्वारको २८ बर्षे उमेर हद र स्ववियुमा समानुपातिक तथा समाबेशी निर्वावाचन प्रणाली भने नेपाली बिद्यार्थी आन्दोलनको सुदूर भबिष्य सम्म सकारात्मक प्रभाव छोड्न सक्ने खालका छन् ।
स्ववियुमा उमेर हद
साधारणतया बिद्यार्थी हुनको लागि कुनै उमेरले रोक्दैन र रोक्न हुँदैन साथै नियमित बिद्यार्थी स्ववियुका पदाधिकरिका उमेद्वार बन्न योग्य हुन्छन् । तर स्ववियु सभापति र पदाधिकारी बन्नकै लागि दोहोर्याई– तेहेर्याई भर्ना भइराख्ने, एउटै लेभलमा दशकौंसम्म अल्झिराख्ने, माउ पार्टिको अन्य भातृ संघ–सङ्गठनमा अपेक्षित पद प्राप्त गर्न नसकेका कार्यकर्ताहरुलाई स्ववियु सभापति र पदाधिकारीको उमेद्वारमा ब्यबस्थापन गर्ने आदि बिगतका खराब परिपाटीले गर्दा स्वतन्त्र बिद्यार्थी युनियन नै अत्यन्तै बिबादित रह्यो । हालको माओबादी केन्द्र निकट अखिल (क्रान्तिकारी) ले उठाएको २८ बर्षे उमेर हदले बिगतका यस्ता समस्यालाई धेरै हद सम्म समाधान गर्ने र स्वतन्त्र बिद्यार्थी युनियनमा नियमित विद्यार्थीको प्रतिनिधित्व गराउने कुरामा कसैको दुई मत हुनु हुादैन । यद्यपी केही ठूला पार्टी र बिद्यार्थी सङ्गठनका नेताले हालसम्म पनि यसको खुलेर बिरोध गर्दै आएका छन् । यदि सााच्चै स्ववियुलाई आम विद्यार्थीको साझा संस्था बनाउने र आम विद्यार्थीको हक हित र सिर्जनात्मक क्रियाकलापमा अग्रसर गराउने हो भने उमेर हद अत्यन्तै सकारात्मक पक्ष हो र नेपाली बिद्यार्थी आन्दोलनमा शुद्दिकरणको एउटा कोषे ढुङ्गा हो ।
मिश्रित निर्वाचन प्रणाली
जोसुकैले उठाएको भए पनि स्ववियु निर्वाचनमा मिश्रित प्राणाली एकदमै सकारात्मक कदमको थालनी हो । बिशेष गरी स्ववियुलाई समाबेशी र साझा संस्था बनाउनको लागि समेत यो कदम अत्याबश्यक थियो र छ । लोकतन्त्रमा अल्पमतको पनि उचित सम्मान हुनुपर्छ । निकै राम्रो र प्रतिस्पर्धी मत ल्याए पनि प्रत्यक्ष निर्वाचन प्रणालीको कारण पराजित भएर बिगतमा कतिपय बिद्यार्थी सङ्गठनका बिद्यार्थी हकहित तथा क्याम्पस सुधारका मुद्दाहरु ओझेलमा परेका थिए । तर अबको निर्वाचन स्ववियु अध्यक्ष,सचिब र कोषाध्यक्ष सहित पचास प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्राणालीबाट र उपाध्यक्ष, सहसचिब सहित पचास प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्राणालीबाट निर्वा्चित हुनेछन् । यसले धेरै भन्दा धेरै बिद्यार्थी सङ्गठन र उमेद्वारलाई समेट्नेछ । जसले गर्दा सबै खाले बिद्यार्थी सङ्गठनका बिद्यार्थी हक हित तथा क्याम्पस सुधारका योजनाहरु कार्यान्वयनमा सहजता प्रदान गर्नेछ ।
भड्किलो प्रचार–प्रसार र आचार संहिताको उल्लङ्घन
त्रिभुवन बिश्वबिध्यालयल स्ववियु निर्वाचन र प्रचार– प्रसार सम्बन्धी आचारसंहिता जारी गर्दै आएको छ र यस पटकको स्ववियु निर्वाचनमा पनि आचारसंहिता लागू गरिसकेको छ । तर ठूला क्याम्पसहरुमा आचार संहिताको ठाडो उल्लङ्घन गर्दै बिद्यार्थी सङ्गठहरुले प्रचार(प्रसारको कार्यलाई अघि बढाईरहेका छन् । बहुरङ्गी पोष्टर पम्प्लेट र ब्यानर तथा पर्चा स्ववियु निर्वाचन आचारसंहिता विपरित हुन्छ तर अधिकांश बिद्यार्थी सङ्गठनहरुले यस्तै प्रकारको प्रचार सामाग्री प्रयोग गरिराखेका छन् । कति क्याम्पसहरुमा त प्रचार प्रसारकै दौरानमा बिद्यार्थी सङ्गठनहरुबीच एक अर्कामा सांघातिक हमलाको स्थिति समेत सुरु भैसकेको छ ।
नियमति विद्यार्थीको मन जित्ने र कार्यन्वयन गर्न सक्ने खालको नारा तथा साधारण र मितव्ययी ढङ्गको निर्वाचन प्रचार प्रसारलाई आत्मसाथ गर्न सके र स्ववियु प्रति आम बिद्यार्थीको बिगतको नकारात्मक धारणालाई चिर्नेगरी आफ्नो प्रतिबद्धता जाहेर गर्न सके साथै योग्य र इमान्दार उमेद्वारको छनोट गर्न सके मात्रै यो स्ववियु निर्वाचनमा बिद्यार्थी सङ्गठहरुले बिजय हाासिल गर्न सक्नेछन् । साथै आगामी स्ववियु निर्वाचनको समेत सुनिश्चितता प्रदान गर्न सक्नेछन् । एक अर्कामा आरोप–प्रत्यारोप मात्रै लगाईराख्न स्ववियु भनेको क्याम्पसको सत्ता हो भनेर लुछाचुँडी गरीराख्ने र स्ववियु निर्वाचनलाई समयमै सम्पन्न हुन नदिने षडयन्त्रमा बिद्यार्थी सङ्गठनहरु लागि पर्ने हो भने स्ववियु इतिहाासमै सिमित हुन सक्छ यसतर्फ ठूला भनिएका विद्यार्थी सङ्गठन तिनका माउ पार्टीको समेत बेलैमा ध्यान जान अत्यन्तै जरूरी छ ।