बजार अनुगमन प्रभावकारी बनाउन निर्देशन

काठमाडौं–कार्तिक । व्यवस्थापिका संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले बजारमा कालोबजारी बढेको भन्दै बजार अनुगमनलाई प्रभावकारी रुपमा अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । समितिको आइतबार बसेको बैठकले यसअघि दिएका निर्देशनको सरकारले पालना गरेपनि अझ प्रभावकारी नभएको भन्दै थप सक्रियताका साथ बजार अनुगमन गरी उपभोक्तालाई ठगीनबाट जोगाउन निर्देशन दिएको हो ।

बैठकमा समितिका सदस्यहरुले अघिल्लो सरकारका पालामा चीनसाग पेट्रोलियम पदार्थ ल्याउन भएको समझदारीअनुुसार काम अघि बढाउनेबारे समितिमा छलफल गर्नुपर्ने धारणा पनि राखेका थिए ।

तपाईको प्रतिक्रिया