आइएनजीओहरू कमाउ धन्दामा लागेको प्रधानमन्त्रीको आरोप

काठमाडौं–असोज १६ । प्रधानमन्त्री पुष्पकमल दाहालले आइएनजीओरू कमाउ धन्दामा लागेको आरोप लगाउनुभएको छ । काठमाडौंमा विहीबार भएको कायएक्रममा प्रधानमन्त्री दाहालले आइएनजीओहरु सेवाभाव भन्दा मध्यमवर्गकालाई जागिर दिनमात्रै केन्द्रीत हुने गरेको आरोप लगाउनुभएको छ । दाहाले गरिब तथा पिछडिएका वर्गका लागि कार्यक्रम गर्ने भनिएपनि त्यसो हुन नसकेको बताउनुprachandaभयो ।

प्रधानमन्त्री दाहालले आइएनजीओहरु नेपाल आउने क्रम बढ्नुमा सामाजिक सेवाको भाव वा अन्य हो भन्नेबारे समीक्षा आवश्यक रहेको बताउनुभयो । प्रधानमन्त्री दाहालले संघीयता कार्यान्वयनका लागि ऐनहरु युद्धस्तरमा निर्माण भैरहेकाले संविधान कार्यान्वयनबारे सरकार गम्भीर भएको टिप्पणी गर्नुभयो । कार्यक्रममा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालले पनि आइएनजीओहरुमाथि अपारदर्शी तवरमा बजेट खर्च गर्ने गरेको तथा लक्षित समूहको सेवामा भन्दा गोष्ठी र सेमिनारमा केन्द्रीत भएको आरोप लगाउनुभयो । नेपालमा हालसम्म ४३ हजार एनजिओ र २ सय ६० वटा आइएनजीओहरु कार्यरत छन् ।

तपाईको प्रतिक्रिया