भारतसँगको सम्बन्धले चीनलाई असर गर्दैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं–असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफनो भारत भ्रमणमा भएका सहमति र संयुक्त वक्तव्यले चीनसँगको सम्बन्धमा कुनै असर नगर्ने बताउनुभएको छ ।

prachand_भारतको चारदिने राजकीय भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किनुभएका प्रधानमन्त्री प्रचण्डले भ्रमण दुई देशको सम्वन्धलाई थप सुदृढ गर्न सफल भएको भन्दै यसले चीनसँगको सम्बन्ध र सहकार्यमा कुनै असर नगर्ने बताउनुभएको हो । अन्तर्राष्ट्रिय मञ्चहरुमा एउटै मत बनाएर जाने सहमति कुनै नौलो नभएको भन्दै उहाँले संयुक्त राष्ट्रसघको स्थायी सदस्यका लागि २००४ देखि सहयोग गर्दै आएको नेपाल अझैपनि भारतको पक्षमा रहने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले भारतसँग र चीनसँगको सम्बन्धका आ–आफनै आयाम र सम्बन्ध रहेको भन्दै एक अर्कालाई कुनै असर नपर्ने जिकिर गर्नुभएको थियो ।

संयुक्त वक्तव्यमा परेको संविधानको विषयलाई गलत रुपमा अर्थाइएको भन्दै प्रधानमन्त्री प्रचण्डले सबैको सहमति जुटाएर कार्यान्वयन गर्ने प्रयास विश्वका सामू पुग्नलाई गलत अर्थमा नबुझन आह्वान गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले नेपालका लागि भारत र चीन समानस्तरका छिमेकी भएको भन्दै दुबै राष्ट्रसँग सहकार्य गरेर आर्थिक प्रगतिमा हासिल गर्न सकिने बताउनुभएको थियो ।

तपाईको प्रतिक्रिया