जनताको राज्यसत्ताका लागि नयाँ मोर्चा आवश्यक : बैद्य

सुनसरी–भदौ २ । क्रान्तिकारी माओवादी अध्यक्ष मोहन वैद्यले जनताको राज्यसत्ता स्थापना गर्न नयाँ मोर्चा निर्माणको तयारी भइरहेको खुलासा गर्नुभएको छ ।

Baidayaसुनसरीको इटहरीमा बिहिबार पत्रकारसँग कुरा गर्दै अध्यक्ष बैद्यले सामान्तवादलाई परास्त पार्दै जनताको राज्यसत्ता स्थापना गर्न संयुक्त मोर्चा स्थापना गर्ने र यसको नेतृत्व पार्टीका नेता सिपी गुजरेले गर्ने बताउनुभएको हो । उहाँले तत्कालिन नेकपा माओवादीले युद्ध सुरु गर्ने समयमा पनि संयुक्त मोर्चा बनेको र त्यसको नेतृत्व बाबुराम भट्टराईले गरेको स्मरण गराउँदै अध्यक्ष वैधले त्यस्तै प्रकृतीको मोर्चा बनाउने तयारी भइरहेको खुलासा गर्नुभयो ।

अध्यक्ष बैद्यले भदौ २५ गतेदेिख २७ गते सम्म राष्ट्रिय भेला गरेर संयुक्त मोर्चा गठन गर्ने जानकारी दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया