सरल स्वभावका धनी क्षेत्री द्वारा पोखरा उद्योग बाणिज्य संघको अध्यक्षमा उम्मेद्वारी घोषणा

पोखरा–साउन २७ । सरल स्वभाव र असल व्यत्तित्वका धनी मानिने पोखरा उद्योग बाणिज्य संघका वर्तमान प्रथम उपाध्यक्ष देव क्षेत्रिले अगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेद्वारी दिनु हुने भएको छ । बुधवार पोखरामा बसेको पोखरा उद्योग बाणिज्य संघको बैठकले अधिवेशनको मिति तय गरेपछि क्षेत्रीले सामाजिक सञ्जाल मार्फत आफूले अध्यक्षमा उम्मेद्वारी दिने घोषणाDev sirDeV Chhetri गर्नुभएको हो ।

यसअघिको अधिवेशनमा क्षेत्रीले अन्य प्रतिष्प्रधिको भन्दा धरै राम्रो मत हासिल गरी प्रथम उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । क्षेत्री एक अनुभवी र काम गरेर सबैको मन जित्न सक्ने क्षमता भएका व्यत्तित्व मानिनुहुन्छ । २०६३ सालदेखि पोखरा उद्योग बाणिज्य संघमा आवद्ध रहँदै आउनुभएका क्षेत्रीसँग संघमा रहेर लामो समय काम गरेको अनुभव पनि छ ।

तपाईको प्रतिक्रिया