कोपा अमेरिका फुटबल–सेमिफाइनलमा अमेरिका र अर्जेन्टिना भिड्ने

footbalएजेन्सी–असार ७ । कोपा अमेरिका कप फुटबल प्रतियोगिताको बुधबार हुने सेमिफाइनलमा आयोजक अमेरिकाले अर्जेन्टिनासंग प्रतिस्पर्धा गर्दैछ ।

हाउसटनमा बुधबार विहान आयोजक अमेरिकाले बलियो राष्ट्र अर्जेन्टिनासंग फाइनल प्रवेशका लागि प्रतिस्र्धा गर्न लागेको हो । उपाधिको दाबेदार मानिएको अर्जेन्टिनाले भेनेजुएलालाई चार–एक गोलअन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो भने आयोजक अमेरिका इक्वेडरलाई दुई–एक गोलअन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो ।

अमेरिकासंगको पछिल्लो तीन खेलमा अर्जेन्टिनाले एकमा जित हात पारेको छ भने दुई खेलमा बराबरी खेलेको छ । उपाधिको होडमा रहेको अर्जेन्टिना बुधबारको खेलमा जित्ने उद्देश्य सहित मैदान उत्रिने छ ।

Published On:  516पटक हेरिएको

तपाईको प्रतिक्रिया