चितवन–जेठ २५ । नारायणगढ मुग्लिन सडकखण्ड विस्तार अभियानले दैनिक हजारौँ सवारी साधान घण्टौंको जाम व्यहोर्न वाध्य छन् ।
अझ वर्खायाम सुरु भएसंगै दैनिक पहिरो खस्न थालेपछि नारायणगढ मुग्लिन सडकखण्ड चालक तथा यात्रुका लागि समस्या बन्दै आएको छ । नारायणगढ मुग्लिन सडक खण्डमा दैनिकजसो सवारीसाधनको जाम हुने गरेको छ । सडक विस्तारको काम संगै हुने अवरुद्ध र वर्षा याममा दैनिकजसो खस्ने पहिरोका कारण सडक अवरुद्ध हुने गरेको हो । एक घण्टाको सडक छिचोल्न ८÷९ घण्टा सम्म लाग्ने गरेको चालकहरु गुनासो गर्छन ।
सडक बिस्तार गर्न दैनिक ४ घण्टा नारायणगढ मुग्लिन खण्ड बन्द गरिएको छ । बिहान ११ बजेदेखि ३ बजेसम्म सबै प्रकारका सवारी साधन आवत जावत बन्द गरि काम भैरहेको छ । गाडीहरुलाई मुग्लिन र जुगेडीमा रोकेर अत्यावश्यक सेवाका गाडीलाई २ घण्टाको फरकमा छाडिने गरिएको छ । आँपटारीदेखि मुग्लिनसम्मको ३४ किलोमिटर सडकलाई सन् २०१७ सेक्टेम्वर सम्ममा बिस्तार गरेर एशियन हाइवे स्टान्डर्ड अनुसारको वनाउन लागिएको हो ।
यस कामका लागि आर्थिक वर्ष ०७० र ७१ को बजेटमा ३ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । गत आर्थिक वर्षको वजेटले पनि यसलाई निरन्तरता दिएको थियो । आँपटारीदेखि झण्डै १३ किलो मिटरसम्मको खण्ड बिएलए तथा श्रेष्ठ निर्माण कम्पनीलाई र त्यसपछिको २३ किलोमिटर सडक बिस्तारको जिम्मा उड हिल तथा लामा निर्माण कम्पनीलाई दिइएको छ । यसियन हाइवे स्टान्डर्ड अनुसार निर्माण हुन लागेको यो सडकखण्डको ताकेको समयमा काम नगरे कारवाही गरिने भएपछि ठेकेदारले पनि तिव्र गतिमा काम गरेका छन् ।
सडक बन्द गरेर निर्माणको काम गरिदा यो सडक खण्ड भएर आवत–जावत गर्ने चालक तथा यात्रु निरन्तरको समस्या व्यहोरिरहेका छन् ।