काठमाडौं–जेठ २० । नेकपा माओवादी केन्द्रले १ हजार ९९ सदसीय महाधिवेशन आयोजक समिति बनाउने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको माओवादी पोलिटब्यूरोको बैठकले महाधिवेशन आयोजक समिति १ हजार ९९ सदसीय बनाउने निर्णय गरेको हो । पार्टीको संगठनसम्बन्धी प्रस्ताव तयार पार्ने जिम्मेवारी पाएको कार्यदलले महाधिवेशन आयोजक समितिको सदस्य संख्या ९ सय ९९ सिफारिस गरेपनि बाँकी रहेकालाई समेत समेट्न १ हजार ९९ सदसीय समिति बनाउने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । शुरूमा माओवादी केन्द्रको आयोजक समिति ६ सय ९९ सदस्यीय बनाउने निर्णय भएपनि अहिले त्यो संख्या बढेर १ हजार ९९ मा पुगेको हो ।