मैत्रीपूर्ण फुटबलमा मुख्य सचिवसँग प्रधानमन्त्री पराजित

काठमाडौं–जेठ १६ । प्रधानमन्त्री केपी शर्मा ओली र मुख्य सचिव सोमलाल सुवेदी नेतृत्वको टोलीबीचको मैत्रीपूर्ण फुटबलमा प्रधानमन्त्रीको टीम पराजीत भएको छ ।

vlcsnap-2016-05-29-20h01m50s319त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गणतन्त्र दिवसको अवसरमा आयोजना भएको प्रधानमन्त्री ११ र मुख्यसचिव ११ बीचको फुटबल प्रतियोगितामा मूख्य सचिव नेतृत्वको टिम ३–२ गोल अन्तरले विजयी भएको हो ।

vlcsnap-2016-05-29-20h01m50s319प्रधानमन्त्री केपी शर्मा ओलीको टोलीबाट सरकारका मन्त्रीहरुले मैदानमा उत्रिएका थिए भने प्रतिद्धन्दीका रुपमा मुख्य सचिव सोमलाल सुवेदीसहित सचिवहरु प्रतिस्पर्धी थिए ।

vlcsnap-2016-05-29-20h03m10s047नेपाल खेलकुद परिषद र गणतन्त्र दिवस मनाउनका लागि गठित मूल समारोह समितिको संयुक्त आयोजनामा मैत्रीपूर्ण फुटबल खेल आयोजना भएको थियो ।

तपाईको प्रतिक्रिया