भीमनारायण गोल्ड कपको सेमिफाइनलमा झापा–११

bhimधनकुटा–बैशाख २१ । झापा एघार धनकुटामा जारी शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

स्थानीय तल्लो टुडिंखेलमा मंगलबार भएको अन्तिम क्वार्टरफाइनलमा शेर क्लब कालिङपोङ भारतलाई एक–शुन्य गोलअन्तरले पराजित गर्दै साविक बिजेता झापा सेमिफाइलमा पुगेको हो ।  झापाका लागि खेलको २५औं मिनेटमा सञ्जोग राईले गरेको गोल नै निर्णायक बन्यो ।  पहिलो हाफमा एक–शून्य गोलअन्तरले पछि परेको भारतले दोस्रो हाफमा पनि गोल गर्न सकेन र अन्तत पराजय ब्यहोर्नु पर्यो ।

खेलको म्यान अफ दी म्याच भारतका कप्तान देवसिस् राई भए । झापाले अब फाइनल प्रवेशका लागि बिहीबार गोधुली क्लब सुनसरीसंग प्रतिस्पर्धा गर्ने छ । क्वार्टरफाइनलमा ब्वाईज युनियनलाई पराजित गर्दै यसअघि नै गोधुली क्लब सेमिफाइनल प्रवेश गरेको छ ।

बुधबार हुने पहिलो सेमिफाइनलमा भुटानको बिआरसी क्लबले आयोजक धनकुटा एघारसंग प्रतिस्पर्धा गर्ने छ ।

Published On:  440पटक हेरिएको

तपाईको प्रतिक्रिया