काठमाडौं–चैत २९ । खाना पकाउने एलपी ग्यासको अभावलाई कम गर्न आजबाट क्षेत्रगत रूपमा ग्यास वितरण गरिने भएको छ । नेपाल एलपी ग्यास उद्योग संघले दिएको जानकारी अनुसार आपूर्ति सहज र सबै उपभोक्तालाई उपलब्ध गराउन ठाउा तोकेरै वितरण गर्न लागिएको हो । संघका अनुसार ३० गते नयाँ बानेश्वर, कोटेश्वर, बत्तीसपुतली, शंखमूल, माइतीघर, बुद्धनगर, बबरमहल क्षेत्र, वैशाख २ गते पुरानो बानेश्वर, सिनामंगल, गौ

शाला,चाबहिल, बौद्ध, चुच्चेपाटी, कपन, सााखु, सुन्दरीजल, नयााबस्ती क्षेत्रमा ग्यास वितरण गरिने छ । त्यस्तै, वैशाख ३ गते ललितपुर जिल्लारक्षेत्र, ५ गते न्युरोड, असन, लगन, पुलतीसडक, कालिकास्थान, त्रिपुरेश्वर, डिल्लीबजार, ज्ञानेश्वर, मैतीदेवी क्षेत्रमा वितरण गरिने अध्यक्ष घिमिरेले बताए । यस्तैगरी, ६ गते कलंकी, थानकोट, बल्खु, कीर्तिपुर, सतुंगल, कालिमाटी, बाफल, बालाजु, सितापाइला, स्वयम्भू क्षेत्र, ७ गते महाराजगन्ज, बूढानीलकण्ठ, गोंगबु, लाजिम्पाट, दरबारमार्ग, बालुवाटार, विशालनगर, भाटभटेनी, धुम्बाराही क्षेत्रमा वितरण गरिने जनाइएको छ ।