प्रधानमन्त्रीको चीन भ्रमण सफल भयो : प्रचण्ड

काठमाडौं–चैत १२ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सफल भएको बताउनुभएको छ । शुक्रबार वीरगञ्जमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले ओलीको भारत भ्रमण सोचे अनुरूप सफल भएको बताउनुभयो । प्रचण्डले संविधान कार्यान्वयन र  देशमा विद्यमान समस्या समाधानका लागि राष्ट्रिय एकताको खाँचो रहेको बताउनुभयो । उहाँले मोहन वैद्य नेतृत्वको माओवादी लगायत सबै माओवादीसँग जतिसक्दो छिटो पार्टी एकता हुने दाबि गर्नुभयो ।

Published On:  493पटक हेरिएको

तपाईको प्रतिक्रिया