अफगानिस्तानको उत्तरपूर्वी पहाडमा विमान दुर्घटना

अफगानिस्तानको उत्तरपूर्वी पहाडी क्षेत्रमा एउटा विमान दुर्घटनाग्रस्त भएको प्रान्तीय सरकारका अधिकारीले आइतबार बताएका छन् । चीन, ताजिकिस्तान र पाकिस्तानसँग सीमा जोडिएको बादख्शान प्रान्तको हिमाली क्षेत्रमा विमान दुर्घटना भएको तर दुर्घटना भएको स्थान भने खुल्न नसकेको बताइएको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाले रूसी उड्डयन प्राधिकरणका अनुसार अफगानिस्थानमा दुर्घटनाग्रस्त विमान रूसको हो र विमानमा छ जना

सुरक्षा परिषद्ले कोलम्बियाको शान्ति प्रक्रियालाई समर्थन गर्ने

संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्ले कोलम्बियाको शान्ति प्रक्रियाका लागि पूर्ण तथा सर्वसम्मत समर्थन दोहो¥याउने बताएको छ । बिहीबार जारी विज्ञप्तिअनुसार परिषद्का सदस्यहरूले कोलम्बियामा सन् २०१६ को अन्तिम शान्ति सम्झौताको व्यापक कार्यान्वयन सुनिश्चित गर्नेुपर्ने महत्वलाई प्रकाश पार्दै स्थानीय निर्वाचनपछि भएको प्रगतिको प्रशंसा गरेका छन । उनीहरूले शान्ति प्रवद्र्धन गर्न नवनिर्वाचित अधिकारीहरूको महत

तालिबान प्रशासनद्वारा अफगानिस्तानमा मानव अधिकार कुण्ठित : ह्युमन राइट्स वाच

अफगानिस्तानमा तालिबान सरकार स्थापनापछि आधारभूत मानव अधिकार र विशेषगरी महिलाको अधिकारलाई कुण्ठित गरिरहेको मानव अधिकारवादी अन्तर्राष्ट्रिय सङ्घसंगठनहले जनाएका छन् । ह्युमन राइट्स वाचले हालै सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार तालिबानले अफगानिस्तानमा महिला अधिकारमाथि दमन बढाएको उल्लेख छ । ह्युमन राइट्स वाचकी कार्यकारी निर्देशक तिराना हसनले सन् २०२३ संसारभर कैयौँ युद्ध अपराध र मानव अधिकार उल्लङ्घनको

अष्ट्रेलियाद्वारा यमनमा हवाई आक्रमणलाई समर्थन गरेको पुष्टि

अष्ट्रेलिया सरकारले यमनमा हुथी सैन्य स्थलहरूमा हवाई आक्रमणमा आफ्नो देशको संलग्नता रहेको पुष्टि गरेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री रिचर्ड माल्र्सले शुक्रबार बिहान हुथी विद्रोहीमाथि अमेरिका र बेलायतले गरेको आक्रमणलाई अष्ट्रेलियाले समर्थन गरेको बताउनु भएको छ । मार्लेसले पत्रकार सम्मेलनमा पत्रकारहरूलाई जनाकारी गराउनु भए अनुसार हुथिहरूका विषयमा अष्ट्रेलिया १४ देशहरूको समूहको एक हिस्सा थियो ज

इक्वेडरको जेलबाट ३९ कैदी फरार

इक्वेडरको चिम्बोराजो प्रान्तको रियोबाम्बा शहरको एक कारागारबाट सोमबार राति करिब ३९ कैदीहरू सुरक्षा घेरा तोडेर फरार भएका छन् । रियोबाम्बाका नगर प्रमुख जोन विनुएजाले स्थानीय पिचिन्चा रेडियो स्टेसनलाई दिएको जानकारीअनुसार कारागारमा दङ्गापछि विष्फोट भएको र केही कैदीहरू भाग्न सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कारागारको सुरक्षा घेरा तोडेर ३९ कैँदी भागेका छन् । मैले प्राप्त गरेको जानकारीअनुसार फरार

जापानमा भूकम्पका कारण मृत्यु हुनेको संख्या १६१ पुग्यो, राहत वितरणलाई अझै सहज बनाउन सकिएन

जापानमा अङ्ग्रेजी नयाँ वर्षको दिन गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १६१ पुगेको छ । दुई हजारभन्दा बढी मानिस अझै पनि सम्पर्कविहीन भएका छन भने अन्य धेरैलाई आपतकालीन आश्रयस्थलमा राखिएको छ । मध्ये इशिकावा क्षेत्रमा ७।५ म्याग्नीच्यूडको भूकम्पका कारण भवनहरू भत्केको, आगलागी भएको र एक मिटरभन्दा अग्लो सुनामीको छाल आएको साथै भूकम्प र यसबाट निम्तिएका दुर्घटनाका कारण मृत्यु हुनेको सङ्ख्या १६१ पुगेको छ

इजरायल गाजा “नरसंहारको आरोपमा संयुक्त राष्ट्रसंघीय अदालतमा उपस्थित हुने

इजरायलले गाजामा नरसंहार गरेको आरोपमा दक्षिण अफ्रिकाले इजरायलका विरुद्ध संयुक्त राष्ट्रसंघीय अदालतमा मुद्दा दायर गरेको छ । मुद्दाको सुनुवाइमा नेदरल्याण्ड्सको हेग स्थित संयुक्त राष्ट्रसंघको अन्तराष्ट्रिय अदालत (आईसीजे) मा उपस्थित हुने निर्णय गरेको इजरायली समाचार वेबसाइट थ्लभत ले सोमबार उल्लेख गरेको छ । इजरायलले नरसंहार विरुद्धको महासन्धिमा हस्ताक्षर गरेको स्वीकार गर्दै इजरायली राष्ट्रिय सुरक्षा स

जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो

मध्यजापानको इशिकावा प्रान्तमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दिउँसो ३ः३० सम्म ४८ पुगेको छ । इशिकावा, निगाता, फुकुई, टोयामा र गिफु प्रान्तमाथुप्रै घाइतेभएको बताइएकोछ । प्रधानमन्त्री किशिदा फुमियोले मङ्गलबार पत्रकार सम्मेलनमा सो अपडेट गराउनुभएको हो । “प्रभावित क्षेत्रमा भारी मेसिनरी पठाउन पनि गाह्रो बनाइरहेको छ । हामी मार्गहरू सुरक्षित गर्ने तरिका बारे सोचिरहेका छौँ र तीमध्ये जहाजहरू प्र

उत्तर कोरियाली नेता किमद्वारा सेनालाई सम्भावित ‘युद्ध’को तयारी गर्न निर्देशन

उत्तर कोरियाली नेता किम जोङ उनले सियोलमा आणविक आक्रमणको नयाँ धम्की र प्रायद्वीपमा ‘कुनै पनि बेला भड्किन सक्ने’ युद्धको तयारीका लागि सैन्य शस्त्रागार निर्माण गर्न आदेश दिएर वर्षको अन्त्य गरेको उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले आइतबार जनाएका छन । नेता किमले सन् २०२४ का लागि आफ्नो देशको सैन्य, राजनीतिक र आर्थिक नीतिगत निर्णयका लागि तय गरिएको पाँच दिनको पार्टी बैठकको अन्त्यमा लामो भाषणका क्रममा

रूसी आक्रमणबाट शुक्रबार कम्तीमा ३० युक्रेनीको मृत्यु

रूसले युक्रेनमाथि शुक्रबार गरेको भीषण हवाई आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु हुनुका साथै सयौँ घाइते भएका छन । युक्रेनी अधिकारीहरूका अनुसार ब्यारेज, विद्यालय, प्रसूति गृह, व्यापारिक केन्द्र र आवासीय भवनमा क्षति पुगेको छ । सन २०२२ को फेब्रुअरीको अन्त्यदेखि रूसी सेनामाथि आक्रमण गरिरहेको युक्रेनलाई रूसी क्षेप्यास्त्रले पोल्याण्डको हवाई क्षेत्र पार गरेको थियो र त्यसको अन्तर्राष्ट्रिय निन्दा भएको