नारायणीको बाढीले खतराको चिन्ह नाघ्यो

नवलपरासी- साउन ११ । नारायणी नदीको पानीको सतह बढेपछि स्थानीयमा त्रास बढेको छ । बहाव खतराको चिन्ह भन्दा माथि पुगेको कारण स्थानीयमा त्रास बढेको हो । देवघाटमा रहेको मापन केन्द्रका अनुसार यो समाचार प्रकाशन गर्दासम्म नारायणी नदीमा पानीको सतह १० दशमलव २६ मिटरसम्म पुगेको छ । नारायणी नदीमा ८ दशमलव ४ मिटर बहाव नाघेपछि खतराको संकेत मानिन्छ । पानीको सतहले खतराको संकेत पार गरेपछि गण्डक क्षेत्रका बासिन्दालाई

भूकम्प प्रभावित क्षेत्रका ४० विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा

मोरङ–जेठ १८ । मोरङको हात्तीमुडा–७ स्थित मनमोहन स्मृति पोलिटेक्निकल कलेजले भूकम्प प्रभावित क्षेत्रका ४० जना विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा प्रदान गर्ने भएको छ । नेपाल सरकार र सिटिइभिटीको सहयोगमा मनमोहन स्मृति पोलिटेक्निकल कलेजले भूकम्प प्रभावित क्षेत्रका ४० जना विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा उपलब्ध गराउने भएको हो । सिभिल इन्जिनियरिङको तीनवर्षे डिप्लोमा कोर्ष निःशुल्क अध्ययनका ल

पशुपतिनाथको आरती, आस्थाको रौनकता

काठमाडौं–बैशाख । दिनभरजसो हिन्दु धर्मावलम्बिहरु पशुपतिनाथ मन्दिरमा पुगेर ध्यान,जप,तपका साथै आफ्नो मनोकांक्षाको वर माग्ने गर्छन । साँझपख सधै पशुपतिनाथ परिसरमा विशेष किसिमको आरती हुन्छ । जहाँ भक्तजनको भिड लाग्छ । मन्दिरको मुल द्धारमा मात्रै होइन बनकालि क्षेत्रमा हुने नियमित आरतीले समेत हिन्दुहरुलाई साँझपख पाशुपत क्षेत्रमा भेला गराउँछ ।

भक्तपुरमा बिस्केट जात्रा मनाइदै ।

काठमाडौं–बैशाख १ । भक्तपुरमा बिस्केट जात्रा हर्षोल्लासका साथ मनाइँदैछ । ८ रात ९ दिन मनाइने बिस्केट जात्राअन्तर्गत चैतको मसान्तमा ठडाइएको लिंगो बैशाख १ गते रथ यात्राका साथ ढालिएको छ । नयाँ वर्षको चार दिन अगाडिदेखि सुरु भई नयाा वर्षको पााच दिन पछिसम्म सञ्चालन हुने बिस्केट जात्रा भक्तपुरका बासिन्दाले आठ रात नौ दिनसम्म धुमधामका साथ मनाउने गर्दछन

जाजरकोटमा बनने पुल

चैत १४ । जाजरकोटको खलंगाबाट चार किलोमिटर दूरीमा रहेको पासागाड खोलामा गत वर्ष निर्माण सम्पन्न भइसक्नुपर्ने पुलको अहिलेसम्म काम नै सुरु भएको छैन् । आईएमई आरसी कन्सलटेन्सी ललितपुको चरम लापरबाही र गलत डिजाइनका कारण छिन्चु–जाजरकोट सडकको पुल निर्माण अलपत्र परेको हो । दुई वर्षअघि पुल निर्माणका लागि कन्सल्टेन्सी र सडक विभागबीच सम्झौता भएको थियो । तर, कन्सलटेन्सीको गलत  डिजाइनका कारण निर्माण सुरु नै हुन नस

सरकारप्रति काम प्रति लोक सेवा आयोग रूष्ट

काठमाडौं–चैत ११ । सरकारले आफूखुसी कर्मचारी सरुवा गरिदिएपछि लोकसेवा आयोग सरकारप्रति रुष्ट बनेको छ । लोक सेवा आयोगले पत्रकार सम्मेलन गरी आयोगको सहमति नै नभई सचिव श्रीधर सापकोटालाई ४१ दिनमा र सहसचिव शर्मालाई करिब एक बर्षमै सरुवा गरिएपछि असन्तुष्टि व्यक्त गरेको ।

धोविखोला करिडोर लथालिङ्ग

काठमाडौं–चैत,८ । आर्थिक वर्ष ०६६/६७ मा सुरु गरिएको धोबीखोला करिडोर सुधार आयोजना ५ वर्ष वितिसक्दा पनि अझै लथालिङ्ग छ  । आयोजनाले अझै पूर्णता नपाउादा खोला क्षेत्र र सडक वरिपरिका वस्ति र स्थानियले सास्ती  र हैरानी खेप्दै आएका छन् ।

चीनले बनाउँदै गरेको बाटोले गति लिएन

काठमाडौं–चैत २ । चीन सरकारको अनुदान सहयोगमा बन्दै गरेको कोटेश्वर, कलङ्की खण्डको १० किलोमिटर सडक निर्माण कार्यले गति लिन नसक्दा अहिले उक्त सडक खण्डमा आवात जावात गर्ने सर्वसाधारणले धूलो र हिलोको सास्ती झेल्नु परेको छ भने सवारी जाम पनि बढेको छ ।

पशुपतिमा दर्शनार्थीको घुँइचो

फागुन २४ । भगवान शिवको दर्शनका गर्नको लागि अहिले पाशुपात क्षेत्रमा नेपाल र भारतका विभिन्न ठाउँहरूबाट आएका हजारौं भक्तजनहरूको भीड छ । पशुपति क्षेत्र विकास कोष अनुमान अनुसार आजको दिन पाशुपत क्षेत्रमा भगवान शिवको दर्शन गर्न र पाशुपत क्षेत्र अवलोकन करिब१० लाख लाख भक्तजनहरू जानेछन् ।

उम्मेद्वार जिताउन प्रचार प्रसार

फाुगन २१ । कांग्रेसको १३ औ महाधिवेशनको बन्दशत्र स्थल भृकुटीमण्डप बाहिर नेता कार्यकर्ता आफ्नो पक्षको प्यानल र उम्मेद्धारलाई जिताउन तीब्र रूपमा प्रचार प्रशारमा जुटेका छन् । उनीहरुले उम्मेद्धवार र प्यानलको तस्विर अंकित ब्यानर, पर्चा सहित नाराजुलुस गर्दै निर्वाचनप्रतिनीधिसँग भोट माग्दै हिडेको देखिन्छन् । नारा जुलुस मात्र होइन, आफ्नो प्यानलको पक्षमा मत जुटाउन कार्यकर्ताहरुले आफ्नो स्थानीय क्षेत्रको भाक