पूर्वमन्त्री यज्ञराज न्यौपानेको निधन

मान्म (कालीकोट), ४ पुस : नेपाल सरकारका पूर्वसूचना तथा सञ्चार सहायकमन्त्री यज्ञराज न्यौपानेको निधन भएको छ । कलेजो रोगले ग्रसित न्यौपानेको उपचारका क्रममा आज बिहान ४ बजे भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा निधन भएको हो । मिर्गौला रोगपीडितसमेत रहनुभएका पूर्णमन्त्री न्यौपानेको उपचारका क्रममा अस्पतालमै निधन भएको उहाँका आफन्त रहनुभएका अधिवक्ता उमाकान्त न्यौपानेले बताउनुभयो । उहाँका अनुसार न्य

एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया सहज र स्वाभाविक नलागेरै समिति गठन गरिएको हो : प्रधानमन्त्री

काठमाडौँ, ३ पुुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एनसेल शेयर बिक्री प्रक्रिया सरकारलाई सहज र स्वाभाविक नलागेको बताउनुभएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा प्रधानमन्त्री दाहालले उक्त शेयर बिक्री प्रक्रियाका सहज र स्वाभाविक नलागेर नै सरकारले तत्काल निर्देशन र समिति गठन गरी छानबिन प्रक्रिया अघि बढाएको स्पष्ट गर्नुभयो । उहाले भन्नुभयो, “यसमा कहीँ न काहीँ ग

सांसदले आफ्नो दायित्व बोध गर्न सकेका छैनन् : दाहाल

काठमाडौँ, २ पुस : “सरकारका तर्फबाट पर्याप्त बिजनेस प्राप्त हुँदाहुँदै पनि सोचेजस्तो सदन सञ्चालन हुन सकेन । सभामुखको भूमिका सक्रिय र प्रभावकारी देखिएन”, रासससँग सांसद कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का युवा सांसद लेखनाथ दाहाल (राजन)ले भन्नुभयो, “यसकारण गएको एक वर्षमा सापेक्षिक भूमिका त निर्वाह गरियो, तर जनताको अपेक्षाअनुसार भएनन् ।” यद्यपि, पछिल्लो एक वर्षमा मिटरब्याजी पीडितलाई न्याय दिने विधेयक

संसद्मा कानुन बनाउनेतिर कसैलाई चिन्तै छैन : नेता मिश्र

काठमाडौँ, २५ मङ्सिर : नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभा सदस्य नारायणदत्त मिश्रले सरकारले आवश्यकताअनुसार विजनेश दिन नसकेको र संसद्मा पनि कानुन बनाउनेतिर कसैलाई चिन्ता नभएका कारण सङ्घीय संसद्ले अपेक्षाअनुसार कानुन बनाउन नसकेको बताउनुभएको छ । उहाँले वर्तमान सदनले पहिलो अधिवेशनमा अपेक्षाअनुसार कानुन बनाउन नसकेको स्वीकार गर्नुभयो । नेता मिश्रले भन्नुभयो, “जे कामका लागि सदनमा गएका हौँ, त्यसको च

सङ्घीय संसद्का महासचिव गौतमद्वारा राजीनामा

काठमाडौँ, २५ मङ्सिर : सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिनुभएको छ । सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार महासचिव डा गौतमले घरायसी कारणले आइतबार महासचिव पदबाट राजीनामा दिनुभएको हो । महासचिव डा गौतम विसं २०५१ मा सेवामा प्रवेश गर्नुभएको थियो भने विसं २०७७ वैशाख २२ गते संसद्को महासचिव पदमा नियुक्त हुनुभएको थियो । रिक्त सङ्घीय संसद्को महास

भ्रष्टाचार निवारणका लागि अहिलेको प्रयत्न र परिणाम पूर्ण छैन : प्रधानमन्त्री दाहाल

काठमाडौँ, २३ मङ्सिर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुआयामिकरूपमा रहेको भ्रष्टाचारलाई सरकारी, सार्वजनिक, निजी क्षेत्र र नागरिक समाजसँगको सहकार्य एवं सहयोगमा निवारण गर्न सरकार प्रयत्नशील रहेको बताउनुभएको छ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस २०८० का सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भ्रष्टाचार हुनुका कारण पहिचान गरी निवारणका न

विश्व मिडिया शिखर सम्मेलनले चीन – अफ्रिका सहयोग बलियो बनाउँने

विश्व मिडिया शिखर सम्मेलनले चीन (अफ्रिका सहयोग गहिरो बनाउँने विश्वास गरिएको छ । दर्जनौं अफ्रिकी मिडिया प्रतिनिधिहरू बीच जारी विश्व मिडिया शिखर सम्मेलनले चीन(अफ्रिका सहयोगका बारेमा विश्वव्यापी मिडिया आउटलेटहरूको समझदारी बढाउने घानास्थित मिडियाले जनाएका छन । शिखर सम्मेलनले अफ्रिकी मिडिया आउटलेटहरूका लागि विश्वभरका आफ्ना समकक्षीहरूसँग अन्तरक्रिया गर्नका लागि महत्त्वपूर्ण प्लेटफर्मको रूपमा काम गरेक

जीवाश्म इन्धनलाई कम वा अन्त्य गर्न कोप२८ मस्यौदाको आह्वान

वार्ताकारहरूले शुक्रबार जलवायु कार्यमा संयुक्त राष्ट्रसङ्घीय सम्झौताको पहिलो मस्यौदा जारी गरेका छन् । मस्यौदामा जीवाश्म इन्धनलाई कम वा अन्त्य गर्न आह्वान गरिएको छ । यसबाट तेल समृद्ध मुलुक संयुक्त अरब इमिरेट्स (युएई) मा कोप२८ वार्तामा एउटा ठूलो सङ्घर्ष सुरु भएको छ ।   कोप २८ वार्तामा जीवाश्म इन्धनको भविष्यमाथि पहिला नै मतभेदहरू देखा परेका छन् । संयुक्त अधिराज्य र सिङ्गापुरद्वारा तयार

युद्धविरामको समयसीमा सकिएसँगै इजराइलद्वारा गाजामा पुनः सैन्य कारबाही सुरु

इजराइली सेनाले गाजामा आफूले पुनः हमला सुरु गरेको शुक्रबार बताएको छ । इजराइल र हमासबीच युद्धविराम समाप्त भएको र त्यसलाई बढाउनका लागि कुनै सम्झौता नभएपछि गाजा सहरमा हवाई हमला र तोप प्रहार गरिएको सूचना प्राप्त भएको छ । “हमासले जारी विरामको उल्लङ्घन गरेको छ, यसका साथै उसले इजरायली क्षेत्रतर्फ गोली हानेको छ”, इजराइली सेनाले भनेको छ, “आइडिएफ (इजराइली सुरक्षा बल) ले गाजापट्टीमा हमास लडाकू समूहविरु

अमेरिकी कूटनीतिज्ञ हेनरी किसिन्जरको १०० वर्षको उमेरमा निधन

अमेरिकी कूटनीतिज्ञ हेनरी किसिन्जरको एक सय वर्षको उमेरमा बुधबार निधन भएको उहाँको परामर्श संस्थाले बताएको छ । अमेरिकी शक्तिको अनौपचारिक पदोन्नतिले दोस्रो विश्वयुद्धपछिको विश्वलाई आकार दिन सहयोग गर्ने उहाँ महत्त्वाकांक्षी कूटनीतिज्ञ हुनुहुन्थ्यो । आधुनिक समयमा सम्भवतः सबैभन्दा धेरै चिनिने अमेरिकाका पूर्वविदेशमन्त्री किसिन्जरको कनेक्टिकटस्थित उहाँको घरमा निधन भएको किसिन्जर एसोसिएट्सले एक विज्ञप्तिम