शैक्षिक जागरण आवश्कछ छ : सभामुख घर्ती

रोल्पा साउन २७ । सभामुख ओनसरी घर्तीमगरले देशमा शैक्षिक जागरण आवाश्यक रहेको बताउनुभएको छ । बुधवार रोल्पाको लिबाङस्थित आज बालकल्याण उच्चमाविको भवन सिलान्यास गर्दै सभामुख घर्तीले दश वर्षे शसस्त्र युद्धको समयमा समग्र शिक्षा क्षेत्र प्रभावित भएकोले अव शैक्षिक जागरण ल्याउन आवश्यक रहेको बताउनुभएको हो । उहाँले अबको शिक्षा डिजिटल प्रविधिमार्फत अघि बढाउनुपर्ने भन्दै शिक्षा नै सम्बृद्धिको सम्बाहक भएको दावी

पश्चिम तराईका थारु समूदायमा सिकलसेलको प्रकोप

काठमाडौं–साउन २२ । प्लाज्मोडियम फ्याल्सिपेरम प्रजातिको मलेरियाको प्रकोप हुने क्षेत्रमा सिकलसेल ऐनिमिया दखापर्न थालेको छ । पछिल्लो समयमा नेपालको कपिलवस्तुदेखि पश्चिमका थारु समुदायमा सिकलसेल एनिमियाका पीडित बढ्न थालेको पाइएको छ । यो रोगको प्रकोप बढ्दैजादा  खुट्टाको हड्डी, मेरुदण्ड तथा करङ्ग धेरै दुख्ने गर्छ । कसैकसैमा जण्डिस समेत देखापर्नसक्ने चिकित्सकहरु बताउँछन् । जाडो सिजनमा प्राय: बालबालिकामा

अधिकांश जिल्लामा चिकित्सक : विभाग

काठमाडौं–साउन २२ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागले आगामी तीन महिना भित्र देशका सबै जिल्लामा चिकित्सक पुऱ्याउने प्रचण्ड सरकारको घोषणा प्राथमिकताका साथ अघि बढेको जनाएको छ । स्वास्थ्य सेवा विभागले सरकारले पढाएका चिकित्सकलाई आवश्यक्ता अनुसार विभिन्न जिल्लामा खटाउँदै आएको स्पष्ट पार्दै खटाइएका स्थानमा चिकित्सक पुगे नपुगेको बारे प्रभावकारी अनुगमन थाल्ने जानकारी दिएको हो । विभागले

शैक्षिक गुणस्तर खस्किदो : अध्ययन प्रतिवेदन

भक्तपुर–साउन २२ । नेपालको शैक्षिक गुणस्तर विगतका शौशिक वर्ष भन्दा खस्किदो क्रममा रहेको प्रतिवेदन सार्वजनिक भएको छ । शिक्षा मन्त्रालयअन्तर्गत शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमीले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनले शैक्षिक गुणस्तरमा ह्सा आएको देखाएको हो । प्रतिवेदन अनुसार चार वर्षअघि कक्षा ३ को नेपालीको सिकाइ उपलब्धि औसत ६३ रहेकोमा गत वर्षको परीक्षणमा ५२ मा झरेको देखाइएको छ । गणितमा

विदेशी विद्यार्थी बाग्लुङमा शैक्षिक गतिविधि सञ्चालन गर्दै

बागलुङ–साउन १७ । लग्जम्बर्गका विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरूले बाग्लुङका विद्यालयमा स्वयसेवकका रूपमा विभिन्न शैक्षिक गतिविधि सञ्चालन गरेका छन् । बालबालिकालाई शिक्षामा प्रेरित गर्ने उद्देश्यले बाग्लुङको रुद्रेपिपल माध्यामिक विद्यालयमा रंग लगाउने, चित्र बनाउनेलगायत शैक्षिक गतिविधि सञ्चालन गरेका हुन् । जेफ फिसरको नेतृत्वमा ६४ जनाको टोलीले जिल्ला शिक्षा कार्यालयको सहकार्यमा शैक्षिक क्रियाकलाप

विश्व स्तनपान सप्ताह सुरु

काठमाडौं–साउन १७ । आजवाट विश्व स्तनपान सप्ताह २०१६ सुरुभएको छ । ‘स्तनपान दिगो विकासको प्रमुख आधार’ भन्ने नाराका साथ विश्व स्तनपान सप्ताह सुरु भएको हो । स्तनपान सप्ताह अवधिमा स्तनपानको महत्व, जनचेतनामुलक कार्यक्रम लगायत स्वास्थ्य सम्बन्धि विविध कार्यक्रम गरिने बताइएको छ । नवजात शिशुलाई स्वस्थ राख्नका लागि बच्चा जन्मेको १ घण्टाभित्र स्तनपान गराउनुपर्ने चिकित्सकहरुको सुझाव छ । नेपालमा भने ४५ प्रतिशत

तनहुँमा रेट्रो फिटिङ प्रविधिबाट स्कूलको पुन:निर्माण

तनहुँ–साउन १५ । तनहुँमा १२ वटा समुदायिक विद्यालय भवन रेट्रो फिटिङ (पर्वलीकरण) प्रविधिबाट पुन:निर्माण गरिएको छ । २०७२ वैशाख १२ गतेको भूकम्पले चर्किएका विद्यालयहरूको समुदाय उत्थानशील कार्यक्रम अन्तर्गत पुन:निर्माण गरिएको हो । पुनर्निर्माणअन्तर्गत क्षति पुगेका विद्यालय भवनलाई तारजाली तथा सिमेन्ट, बालुवाको प्रयोग गरी पुन: संरक्षण पद्धतीअनुसार करिब २ करोड रूपैयाँ खर्चिएर पुनर्निर्माण गरिएको तनहुँ रेडक

लोकतन्त्र र लोकमानतन्त्र मध्ये एक रोज्न नेताहरुलाई डा. केसीको चुनौती

काठमाडौं–साउन १५ । स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारका लागि भन्दै पटक–पटक अनसन बसेर चर्चामा आउनुभएका डा. गोविन्द केसीले लोकमानलाई कारबाही गर्न वा आफूलाई जेल हाल्ने साहस देखाउन प्रमुख दलका नेताहरुलाई चुनौती दिनुभएको छ । समर्थकहरुले शनिबार निकालेको ‘वाक विथ डा. केसी’ नामक पदयात्रामा सहभागी हुँदै डा. केसीले  लोकतन्त्र वा लोकमानतन्त्रमध्ये एक रोज्न सांसदहरुलाई समेत आग्रह गर्नुभएको थियो । अख्तियार प्

केन्द्रीय पुस्तकालय अझै अस्तव्यस्त

काठमाडौं–साउन १३ । चार लाख बढी पुस्तक, विभिन्न शैक्षिक सामाग्री सहित पत्रपत्रिका, जर्नल राखिएको त्रिभुवन विश्वविद्यालयको केद्रीय पुस्तकालय अहिलेसम्म अस्तव्यस्त छ । २०७२ को महाभूकम्पबाट भत्किएको पुस्तकालयको भवन अहिलेसम्म मर्मत नगरिदा अस्तव्यस्त बनेको हो । भवन तथा दराजमा ठूलो क्षति व्यहोरेको पुस्तकालयलाई अहिले कसैले वास्ता गरेका छैनन । पुस्तकालय मर्मतका लागि राष्ट्रपति, प्रधानमन्त्री लगायत धेरैले त

नेविसंघ विवाद उत्कर्षमा, असन्तुष्ट पक्ष अनशनमा

काठमाडौं–साउन १० । विधानविपरित जिल्ला नेतृत्व र महाधिवेशन प्रतिनिधि चुनिएको भन्दै नेविसंघका असन्तुष्ट नेताहरु पार्टी केन्द्रीय कार्यालय सानेपामा अनशनमा बसेका छन्  । आइतबारबाट रिले अनशन सुरु गरेका विद्यार्थी नेताहरुले माग सम्बोधन नभए पाँच दिनपछि आमरण अनशन थाल्ने चेतावनी पार्टी नेतृत्वलाई दिएका छन् । विधिसम्मत ढंगले महाधिवेशन प्रतिनिधि र जिल्ला नेतृत्व चयन गर्नुपर्नेमा टिके प्रथाबाट चयन भएको आरोप अ