अन्नबालि बचाउन विद्युतीय तारबार

रसुवा–जेठ २५ । आफ्नो अन्नबालि जंगली जनावरबाट बचाउन भन्दै रसुवा स्याफ्रेबेसीको ब्राबलमा विद्युतीय तारबार लगाइएको छ । लाङटाङ राष्ट्रिय निकुञ्ज आसपास क्षेत्रका किसानहरुले लगाएको अन्नबाली बन्यजन्तुले खाएर दुःख दिएपछि जोगाउन विद्युतीय तारबार लगाएको स्थानीय कृषकले बताएका छन् । खेतबारीमा लगाएको अन्नबाली बन्यजन्तुले खाएर बाझो रहदै आएको दुई हजार सात सय मिटर लम्बाईको क्षेत्रफलमा अहिले तारबार बिछ्याइएको छ ।

आर्थिक समृद्धि अबको पाथमिकता : मन्त्री पाण्डे

काठमाडौं–जेठ २५ । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले राजनीतिक लडाई सकिएको भन्दै अब एक मात्र लक्ष्य आर्थिक समृद्धि हुनुपर्ने बताउनुभएको छ । काठमाडौमा मंगलबार भएको साक्षात्कारमा मन्त्री पाण्डेले संविधानमार्फत राजनीतिक अधिकार सुनिश्चित भइसकेको भन्दै अब आर्थिक समृद्धितर्फ लाग्ने बेला आएको बताउनुभएको हो । उहा“ले वर्तमान सरकारले समृद्धितर्फ देशलाई अघि बढाउने गरि बजेट ल्याएको भन्दै देशमा उपलब्ध स्रोत साधन

सरकारको मुख्य उद्देश्य आत्मनिर्भर अर्थतन्त्र : प्रधानमन्त्री ओली

काठमाडौं–जेठ २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई आत्मनिर्भर बनाउने उद्देश्य सहित वर्तमान सरकार अघि बढेको बताउनुभएको छ । काठमाडौंमा आयोजित नेपाल घरेलु तथा साना उद्योग महासंघको २३ औं राष्ट्रिय महाधिवेशन उदघाटन गर्दै प्रधानमन्त्री ओलीले आत्मनिर्भर अर्थतन्त्रका लागि सरकार अग्रसर रहेको बताउनुभएको हो । उहाँले सरकार पूर्वाधार विकास, रोजगारी सिर्जना, उद्योग स्थापना, युवा पलायन रोक्ने कुरालाई प्राथ

२५ वर्षमा नेपाल संसारकै धनी देश बन्छ : डा.बाबुराम

भक्तपुर–जेठ २३ । नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले २५वर्षभित्र नेपाललाई संसारकै धनी देश बनाउने महत्वकांक्षी लक्ष्यको उद्घोष गर्नुभएको छ । नयाँ शक्ति नेपालको औपचारिक पार्टी घोषणाका सन्दर्भमा ठिमीमा आयोजित अन्तरक्रियामा भट्टराइले दश वर्षभित्र गरिबी र बेरोजगारी अन्त्य, १५ वर्षभित्र विकसित देश र २५ वर्षमा संसारकै धनी देश बनाउने गरि पार्टी घोषणा हुन लागेको उद्घोष गर्नुभएको हो । उहाँले संव

यार्साको सिजनले डोल्पाका विभिन्न गाउँ शून्य

डोल्पा–जेठ २२ । बहुमूल्य जडीबुटी यार्सागुम्बाको सिजन सुरुभएपनि डोल्पाका विभिन्न गाउँ शून्य भएका छन् । यति मात्रै होइन स्थानीयवासी यार्सागुम्बा सङ्कलनका लागि हिमाली क्षेत्रमा गएपछि विभिन्न संघ संस्थाको काम समेत प्रभावित बनेको छ । जेठ १० बाट औपचारिक रुपमा यार्सागुम्बा सङ्कलन सुरु भएपछि विस्तारै पातलिन थालेका गाउँ अहिले सुनसान जस्तै बन्न थालेका छन् । मध्य डोल्पास्थित त्रिपुराकोट गाविसका करेलिकाँडा,

गोल्छा र दुगड समूहले नै तिर्दैनन्, घर–जग्गा कर

मोरङ– जेठ २२ । राजस्व नतिर्ने विराटनगरका एक दर्जन ठूला करदातालाई विराटनगर उपमहानगरपालिकाले कारबाही सुरु गरेको छ । नगर क्षेत्रमा रहेर घर, जग्गा कारोवार र व्यवसाय कर नतिर्ने ठूला करदातालाई कालोसूचीमा राखेर कारबाही सुरु गरेको हो । दश वर्षदेखि कर नतिर्ने करदाताको घर, जग्गा रोक्का गर्न जिल्ला मालपोत कार्यालयमा कार्यालयले आवश्यक पत्रचारसमेत गरिसकेको छ । कर नतिर्नेमा औद्योगिक घरानाका व्यवसायी बढी देख

बजेटको विषयमा चिन्ता नग्रन अर्थमन्त्रीको आग्रह

काठमाडौं–जेठ २१ । अर्थमन्त्री विष्णु पौडेलले योजना आयोगले दिएको सिलिङअनुसार बजेट आएको भन्दै स्रोत व्यवस्थापनमा चिन्ता नगर्न सांसद्हरुलाई आग्रह गर्नुभएको छ । मंगलबारदेखि संसद्मा शुरु भएको आगामी आर्थिक वर्षको बजेटमाथि सांसद्हरुले उठाएको प्रश्नको जवाफमा मन्त्री पौडेलले भूकम्प र नाकाबन्दीका कारण बजेटको आकार बढाइएको भन्दै कार्यान्वयनमा शंका नगर्न आग्रह गर्नुभएको हो । उहाँले बजेट तर्जुमा गर्दा वित्तीय

यातायात लाइसेन्स सर्वसाधारका लागि सास्ती

काठमाडौं–जेठ २० । यातायात व्यवस्था विभागले नयाँ सवारी चालक अनुमति पत्र लिने र नविकरण गर्ने चालकका लागि स्मार्ट लाइसेन्स वितरण थालेको छ । तर विभागको व्यवस्थापन चुस्त बन्न नसक्दा सेवाग्राहि सुविधा भन्दा बढी समस्या व्यहोर्न बाध्य छन् । वितरण प्रणाली व्यवस्थित नबन्दा सेवाग्राही यातायात कार्यालयमा धाइरहेका मात्रै छैनन, दिनभरि लाइनमा बसेर समेत खाली हात फर्कन बाध्य छन् । सवाचरी चालक अनुमति पत्र र सवारि

बजेटमाथीको छलफल अझै जारी

काठमाडौं–जेठ २० । आर्थिक वर्ष २०७३/७४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथिको छलफलमा आज पनि जारी छ । बैठकमा सहभागि विभिन्न दलका सांसदहरुले बजेटका सबल र दुर्बल पक्ष केलाएका छन् । मङ्गलबारदेखि व्यवस्थापिका–संसद्मा भइरहेको सामान्य छलफलमा बोल्दै प्रतिपक्षी दलका सांसदले बजेट राष्ट्रिय दस्तावेजका रुपमा नभई पार्टी विशेषको घोषणपत्र जसरी आएको भन्दै आलोचना गरेका छन् । प्रतिपक्षका सांसदहरुले बजेट उत्

सिजीले ल्यायो बजारमा पानी फिल्टर

काठमाडौं–जेठ १९ । चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्सले नेपाली बजारमा केन्ट ब्रान्डका पानी छान्ने फिल्टर बिक्री वितरणमा ल्याएको छ । काठमाडौमा पत्रकार सम्मेलन गरि चौधरी ग्रुपका महाप्रबन्धक केएन झाले अन्र्तराष्ट्रिय बजारमा चर्चित रहेको केन्ट ब्रान्डका उच्च प्रविधियुक्त पानी छान्ने फिल्टर बिक्री शुरु गरेको बताउनुभएको हो । साँढे ३ हजार रुपैयाँदेखि ३० हजार रुपैयाँ मूल्य बराबरका केन्ट फिल्टरहरुको सिजी ग्