पोखरा उद्योग बाणिज्य संघको चुनावको रौनक शुरू, अध्यक्षमा देव क्षेत्रीको सम्भावना बलियो

पोखरा–भदौ २२ । पोखरा उद्योग बाणिज्य संघको आगामी असोज ३१ बाट सुरु हुने चुनावका लागि अध्यक्ष पदमा ६ जनाले उमेदवारी दर्ता गराएका छन । अध्यक्ष पदमा हालका प्रथम उपाध्यक्ष देब क्षेत्री, कार्यसमिति सदस्यहरु नारायण कोईराला, बिश्वशंकर पालिखे, हिरा भट्टराई, ईश्वर कर्माचार्य र पुर्व कार्यसमिति सदस्य धनिराम बरालले उमेदवारी घोषणा गरेका हुन । उमेद्वारी घोषणासंगै प्रतयासीहरुले प्रचार प्रसारलाई समेत तीव्रता दिएक

जनकपुरमा पाँचवटा औषधी पसल कारवाहीमा

भदौ २१ । जिल्ला अनुगमन समितिले जनकपुरमा अवैद्य रुपमा सञ्चालन भइरहेका पाँचवटा औषधी पसल बन्द गराएको छ । धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी राजेश गिरी नेतृत्वको टोलीले गरेको स्वास्थ्य संस्था अनुगमनपछि तत्काल बन्द गराउंदै एकसातामा आवाश्यक कागजपत्र लिएर आउन निर्देशन दिएको हो । जनकपुरको अस्पताल रोडस्थित यादब फार्मेसी, राधे फार्मेसी, ओम जानकी औषधालय, मीरा औषधी केन्द्र र राधाकृष्ण मेडिकल हलले कुनै कागजप

खानेपानी पानीको अभाव टार्न आकाशे पानी

तनहुँ– भदौ २१ । तनहुँको भानु नगरपालिका खातीथोकका बासिन्दाले खानेपानीको अभाव टार्न विभिन्न संस्थाको सहयोग र श्रमदानबाटै घर–घरमा आकाशे पानी संकलन गरेका छन् । गाउँमा पानीको श्रोत अभाव भएपछि खानेपानी तथा पशुपालनका लागि आवश्यक पर्ने पानी जुटाउन आकाशे पानी संकलन गर्न घरघरमा घैंटो तथा प्लाष्टिक पोखरी निर्माण गरेका हुन् । पानीका स्रोत भूकम्पलेसुकेपछि आकाशे पानी संकलन गरेको उनीहरुको भनाइ छ । प्लाष्टिक पोख

पहिलो पटक नेपाली वजारमा ग्रीन फ्लो्रम्याक्स

काठमाडौं–भदौ २० । आरआईपीएल इन्टरनेशनल प्रालिले पहिलो पटक नेपाली वजारमा ग्रीन फ्लो्रम्याक्स भित्र्याएको छ । घरको भुँई, भित्ता, सिलिङ र भर्‍याङमा प्रयोग गरिने फ्लोरम्याक्स नामक ग्रीनप्लाई आरआईपीएलले नेपाली बजारमा ल्याएको हो । यो उत्पादन हाल बजारमा उपलब्ध सबै प्लाइभन्दा उत्कृष्ट रहेको कम्पनीले दाबी गरेको छ । विभिन्न १५ रंग र डिजाइनमा उपलब्ध आरआईपीएलका उत्पादनहरुमा १० वर्षे वारेन्टी रहेको उत्पादक कम्

म्यादीमा एक बर्षमा सात खानेपानी आयोजना निर्माण

भदौ २० । म्याग्दी जिल्लामा पछिल्लो एक वर्षमा सातवटा खानेपानी आयोजना निर्माण भएका छन् । छ वटा गाविसका विभिन्न बस्तीमा दुई करोड आठ हजार ३ सय ९३ रुपैयाँको लागतमा निर्माण भएको आयोजना मार्फत ५ सय ४८ घरधुरीका तिनहजार ३ सय ५१ मानिसलाई शुद्ध खानेपानी पुगेको छ । फिनल्याड सरकार, नेपाल सरकार, जिविस, गाविसको अनुदान र समुदायको श्रमदानमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको परियोजनाका सल्लाहकार थरेन्द्र पौडेलले

कालीकोट विमानस्थल निर्माण एक वर्षमा सक्न मन्त्री शाहीको निर्देशन

कालीकोट–भदौ १८ । पर्यटनमन्त्री जीवनबहादुर शाहीले कालीकोट कोटबारामा निर्माणाधिन विमानस्थल आफ्नै कार्यकालमा पुरा गर्ने बताउनुभएको छ ।कालीकोटको कोटबारामा बिक्रम सम्बत् २०४३ सालदेखि निर्माणको काम शुरु भई अझसम्म निर्माण पुरा नभएको एयरपोर्ट ३० वर्षपछि मन्त्री शाहीले आफ्नै कार्यकालमा सञ्चालनमा ल्याउने दाबी गर्नुभएको हो । विमानस्थलको निरीक्षण गर्दै मन्त्री शाहीले समग्र कर्णलीको विकाससँगै कालीकोटमा अबरुद्ध

स्वास्थ्य चौकीको लाइन काटेपछि उपचार सेवा प्रभावित

बारा–भदौ १७ ।  नेपाल विद्युत् प्राधिकरणले बाराको निजगढ नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रको लाइन काटेपछि उपचार सेवा प्रभावित भएको छ । सशस्त्र माओवादी द्वन्द्वका बेला संयुक्त सुरक्षा फौज चार वर्ष बस्दा उठेको विद्युत् महसुल नबुझाउँदा त्यसको मार अहिले परेको हो । लाइन काटिएपछि सर्पदंश, प्रसुतिलगायतका  विरामीको उपचारमा समस्या भएको प्राथमिक स्वास्थ्य केन्द्र निजगढका डाक्टर सानु दुबेले बताउनुभयो

यातयात सिण्डिकेट हटाउन सांसदको माग

काठमाडौं–भदौ १७ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद अग्निप्रसाद सापकोटाले सिण्डिकेट हटाउने विषयमा सरकार र व्यवसायीको विवादका कारण यात्रुले दु:ख पाएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । विहीबार संसद बैठकमा विषेश समय लिएर सांसद सापकोटाले सरकार तथा यातायात व्यवसायीबीच सिण्डिकेट हटाउने विषयमा देखिएको विवादका कारण हजारौं यात्रु मर्कामा परेको भन्दै यस विषयमा ध्यान दिन सरकारसँग माग गर्नुभएक

बजेट खर्च हुन नसक्नु अर्थतन्त्रको चुनौती मन्त्री महरा

काठमाडौं–भदौ १५ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले बजेट खर्च हुन नसक्नु अर्थतन्त्रको ठूलो चुनौती भएको बताउनुभएको छ । मन्त्री महराले सरकारसँग पैसा प्रशस्त भएर पनि खर्च हुन नसकेको भन्दै आफ्नो कार्यकालमा खर्चदर र विकास बढाउने बताउनुभएको छ । उहाँले बजेटको आकार र रकम मात्रै बढेर आर्थिक सुधार हुन नसक्ने तर्फ संकेत गर्दै बजेट कार्यान्वयमा ध्यान केन्द्रित गर्ने बताउनुभयो । अर्थमन्त्री महराले स

छिन्चु–जाजरकोट सडकको फेराखोला र जुँगैखोलामा दुईवटा पक्की पुल निर्माण

जाजरकोट–भदौ १५ । छिन्चु–जाजरकोट सडकको फेराखोला र जुँगैखोलामा दुईवटा पक्की पुल निर्माण भएपछि यातायात सेवा सहज भएको छ । आर्थिक वर्ष २०७१/७२ मा सम्झौता गरी तीन वर्षमा पुल निर्माण गर्ने भनिएपनि तोकेको समय अगावै निर्माण सम्पन्न गरिएको हो । दुवै पुल करिब १३ करोड लागतमा निर्माण गरिएको हो । पुल बनेपछि भुर, पुन्मा, जगतीपुरका स्थानीयलाई सहज भएको छ । त्यसैगरी अनक–लुम्बिनी जेभी निर्माण सेवाले छिन्चु–जाजरकोट