साताको तेस्रो दिन नेप्से ६.४७ अंकले ओरालो, सर्वाधिक शेयरमूल्य बढ्ने उत्कृष्ट ५ मा हाईड्रोपावर

काठमाडौँ-  साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ६.४७ अंकले घटेको छ। मंगलबार शेयर बजार ०.२३ प्रतिशतले घटेर २८१६.६० विन्दुमा पुगेर बन्द भएको हो । सेन्सेटिभ इन्डेक्स पनि ४.५१ अंकले घटेर ५०३.९९ विन्दुमा झरेको छ । आज जीवन बिमाको परिसूचक बढेको छ। सर्वाधिक शेयरमूल्य बढ्नेमा भने उत्कृस्ट ५ मा हाईड्रो पावर नै रहेका छन् । बरुण हाईड्रो पावरको शेयरमूल्य सर्वाधिक ९.९५ प्रतिशतले बढेर ४८६ मा कारोबार भए

बुधबार देखि चिकित्सक परामर्श शुल्क बढ्यो

संगीता धमला काठमाडौँ , नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै डाक्टरहरूले दिने परामर्श तथा जाँच्ने शुल्क बुधबार देखि  बढाएको जानकारी गराएको हो। बिज्ञप्तिमा पाँच वर्षसम्म अनुभव भएका एमबिबिएस गरेका डाक्टरको ३ सय ७० र पाँच वर्ष बढी अनुभवी डाक्टरको शुल्क ४ सय ५० तोकेको छ। त्यस्तै, एमडी गरी १० वर्षसम्म अनुभव भएका डाक्

दरबार मार्गका ब्यापारीले राखे ठग्न पाउने माग

काठमाडौं– यतिबेला तपाई काठमाडौं व्यस्त र महँगो मानिने ठाउँ दरवार मार्ग जानुभयो भने त्यहाँ अधिकांश सटर बन्द देख्न सक्नुहुहन्छ । नाम चलेका विदेशी लत्ताकपडा लगायतका सामाग्री बच्ने पसलहरू यतिबेला बन्द हुनुको कारण हो व्यपारीले नियम विपरित फाइदा लिनु । केही दिन अघि बाणिज्य आपूर्ति मन्त्री शिवकुमार मण्डलको अनुगमन टोलीले दरवार मार्गमा नियमविपरित सर्वसाधारणलाई ठगेको भन्दै केही कपडा पसललाई सिल गरिदिएको थियो

बेनीस्थित तेईस साले सिंचाई आयोजनाको पुन:निर्माण पुरा

म्याग्दी–भदौ ७ ।  म्याग्दीको बेनी नगरपालीका १ रत्नेचौरमा रहेको तेईस साले सिंचाई आयोजनाको पुननिर्माणको काम पुरा भएको छ  । सिंचाई विकास सब डिभिजन कार्यालय म्याग्दीले ८४ लाख ९३ हजार रुपैयाँको लागतमा आयोजना पुननिर्माणको काम सम्पन्न गरेको हो । आयोजनाको नहर, मुहान लगायतका संरचना पुननिर्माणपछि रत्नेचौरबासिलाई सिंचाईमा सहज भएको छ । बिक्रम सम्वत २०२३ सालमा निर्माण भएको आयोजना नियमित मर्मतको अभाव र पहिरोका