सञ्चयकर्ताका दम्पतीले सामाजिक सुरक्षा सुविधा पाउने

काठमाडौँ, २५ पुस : कर्मचारी सञ्चय कोषले आगामी फागुन १ गतेदेखि सञ्चकर्ता दम्पतीलाई सामाजिक सुरक्षा सुविधा उपलब्ध गराउने भएको छ । कोषले आज सूचना जारी गर्दै साविकमा सञ्चयकर्तालाई मात्र उपलब्ध गराइँदै आएको सो सुविधा सञ्चयकर्ता दम्पतीले समेत प्राप्त गर्ने व्यवस्था मिलाइएको जनाइएको छ । कोषले २०७६ सालदेखि सञ्चयकर्ताले अस्पतालमा भर्ना भई उपचार गराएको साधारण रोगको हकमा प्रत्येक वर्ष बढीमा रु एक लाख र १२

केएमसी चिकित्सक निलम्बनः समस्या समाधान गर्न शिक्षा मन्त्रीको निर्देशन

काठमाडौँ, २४ पुस : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोकप्रसाद राईले काठमाडौँ मेडिकल कलेजबाट निलम्बित आवासीय चिकित्सक डा विशद दाहालको कारबाही यथाशीघ्र फुकुवा गर्न काठमाडौँ विश्वविद्यालयलाई निर्देशन दिनुभएको भएको छ । काठमाडौँ विश्वविद्यालयको सहकुलपतिका हैसियतले मन्त्री राईले त्यस्तो निर्देशन दिनुभएको हो । मन्त्री राईको उक्त निर्देशनबारे मन्त्रालयका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभाको शिक्षा, स

कोरोनाका कारण पश्चिमीनाकाबाट विदेशी पर्यटक जान पाएनन्

महेन्द्रनगर, २४ पुसः कञ्चनपुरको गड्डाचौकीबाट भारत जाने विदेशी पर्यटकलाई भारतीय पक्षले रोक लगाएपछि यहाँ पर्यटकीय गतिविधिमा कमी आएको छ । गड्डाचौकीस्थित अध्यागमन कार्यालयका नायब सुब्बा पदमराज भट्टले कोरोनाको दोस्रो भेरियन्टसँगै भारतीय पक्षले बन्देज लगाएकाले यहाँ पर्यटकको चलपहलमा कमी आएको बताउनुभयो । सन् २०२३ मा गड्डाचौकी नाकाबाट नौ सय ८३ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । यहाँबाट भित्रिनेहरू प्रा

बचतकर्ताको एक अर्ब हिनामिना गर्ने सहकारी सञ्चालक पक्राउ

काठमाडौँ, २४ पुस ः बचतकर्ताको बचत फिर्ता नगर्ने गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा सञ्चालित कान्तिभैरब बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक र कर्मचारी पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका–४ चौतारा बस्ने सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, पूर्व अध्यक्ष एवं संरक्षक भनिने प्रेम श्रेष्ठ, कोषाध्यक्ष शेरलाल श्रेष्ठ र सह व्यवस्थापक राजेन्द्र श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गर

श्रमिकलाई आर्थिक बोझ थपिने निर्णय कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, २४ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई थप आर्थिक भार पर्ने निर्णय तत्काल फिर्ता लिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री कार्यालयमा आज श्रममन्त्री, सचिव र विभागीय कर्मचारीसँगको छलफलमा उहाँले मन्त्रालयले वृद्धि गरेको भनिएको शुल्क श्रमिकबाट नलिई यथावत् रुपमा हुने गरी कार्यान्वयनको व्यवस्था मिलाउन नि

जापानमा भूकम्पका कारण मृत्यु हुनेको संख्या १६१ पुग्यो, राहत वितरणलाई अझै सहज बनाउन सकिएन

जापानमा अङ्ग्रेजी नयाँ वर्षको दिन गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १६१ पुगेको छ । दुई हजारभन्दा बढी मानिस अझै पनि सम्पर्कविहीन भएका छन भने अन्य धेरैलाई आपतकालीन आश्रयस्थलमा राखिएको छ । मध्ये इशिकावा क्षेत्रमा ७।५ म्याग्नीच्यूडको भूकम्पका कारण भवनहरू भत्केको, आगलागी भएको र एक मिटरभन्दा अग्लो सुनामीको छाल आएको साथै भूकम्प र यसबाट निम्तिएका दुर्घटनाका कारण मृत्यु हुनेको सङ्ख्या १६१ पुगेको छ

भारतबाट फर्किएकामा कोरोना सङ्क्रमण

बेदकोट (कञ्चनपुर), २३ पुस : भारतका विभिन्न सहरबाट घर फर्किएका नेपालीमा कोरोना सङ्क्रमण देखिन थालेको छ । भारतमा नयाँ भेरिएन्ट जेएन वान देखिन थालेपछि नेपाल–भारत सीमा नाकामा कोरोना परीक्षण अनीवार्य गरिएको छ । हालसम्म भारतबाट फर्किएका १० जनामा कोरोना सङ्क्रमण देखिएको गौरीफन्टा नाकामा रहेको हेल्थ डेस्कका प्रमुख गणेश साउदले राससलाई जानकारी दिनुभयो । “भारतबाट आउनेहरुमा कोरोना सङ्क्रमण छ÷छैन जाँच्न एन्

चार्जिङ स्टेसन’ मर्मत नहुँदा सेवाग्राही समस्यामा

भरतपुर, २३ पुस : चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिन बजारमा रहेको विद्युतीय सवारी ‘चार्जिङ स्टेसन’ मर्मत नहुँदा सेवाग्राही समस्यामा परेका छन् । झण्डै दुई महिनादेखि यहाँ रहेको चार्जिङ स्टेसन बिग्रेको हो । सञ्चालनमा आएको एक वर्ष नबित्दै चार्जिङ स्टेसनमा ‘चार्र्ज’ गर्ने ‘नोजल’ फुट्नुका साथै स्टेसनका दुई डिसी चार्जर बिग्रेको जनाइएको छ । हाल एउटा एसी चार्जर मात्र सञ्चालनमा छ । एसी चार्जरबा

त्रिविको विज्ञापन सच्चाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, २० पुस : प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिका लागि प्रकाशित गरेको विज्ञापनमा उल्लेखित प्रावधान सच्चाएर पुनः प्रकाशित गर्न निर्देशन दिनुभएको छ । आज दिउँसो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति अशोककुमार राईलाई कार्यकक्षमा बोलाएर प्रधानमन्त्री दाहालले सो विज्ञापन सच्चाउन निर्देशन दिनुभए

भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण : द्विपक्षीय हितमा केन्द्रित

काठमाडौँ, २० पुस : परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको निमन्त्रणामा दुईदिने नेपालको औपचारिक भ्रमणमा आउनुभएका भारतीय विदेशमन्त्री डा एस जयशङ्कर भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको छ । भ्रमणका क्रममा महत्वपूर्ण विभिन्न द्विपक्षीय सहमतिपत्र/समझदारीपत्रको आदानप्रदान भएको छ । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन उहाँ बिहीबार नेपाल आउनुभएको हो । बैठकमा विकास साझेदारीसहित द्विपक्षीय सहका