कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले प्राप्त गरे विश्वासको मत

बैशाख ३, काठमाडौँ- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन् । ३९ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री शाहीले २२ मत प्राप्त गरेका थिए । शाहीले विश्वासको मत पाउनका लागि २० जना सांसदको समर्थन आवश्यक थियो ।  

थप ९ सय जनामा संक्रमण पुष्टी, ४ जनाको मृत्यु

बैशाख ३, काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ९ सय जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ५५३७ पिसिआर परिक्षणबाट ८ सय ३६ र ६२१ एन्टिजेन परीक्षणबाट ६४ गरी जम्मा ९ सय जनामा कोरोना संक्रमण पुष्टी भएको छ। थप ४ जनाको मृत्यु भएको छ । यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमण हुनेको सङ्ख्या २

प्रभावित विद्यालय बन्द गर्न/ नगर्ने निर्णय कोभिड संकट व्यवस्थापन केन्द्रलाई: शिक्षा मन्त्रालय

बैशाख ३, काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रभावित विधालय बन्द गर्न/ नगर्ने निर्णय गर्न अधिकार जिल्ला  कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) लाई दिएको छ । शुक्रबार शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको उपस्थितिमा बसेको बैठकले कोरोना संक्रमणका हिसाबले अति जोखिममा रहेका भनी पहिचान गरेका जिल्ला र सहरमा डीसीसीएमसीको समन्वयमा सम्बन्धित स्थानीय तहको निर्णयबमोजिम विद्यालय बन्द गर्ने न

शिक्षक/विद्यार्थी वा कर्मचारीमा संक्रमण देखिए कम्तीमा एक हप्ता विद्यालय बन्द गर्न काठमाडौँ महानगरको आग्रह

बैशाख ३, काठमाडौँ- काठमाडौं महानगरपालिकाले विद्यार्थी/शिक्षक वा कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिए कम्तिमा १ हप्ता विद्यालय बन्द गर्ने आग्रह गरेको छ । शुक्रबार बसेको महानगरको प्रमुख स्तरको बैठकले कोभिड-१९ संक्रमणको बढ्दो क्रम देखिएकाले कुनै विद्यालयका शिक्षक/विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण भएको पाइएमा उक्त विद्यालय अर्को सूचना नभएसम्म कम्तीमा एक हप्ता बन्द गरी वैकल्पिक माध्यमबाट शिक्

काठमाडौँ सहित १४ जिल्ला अति प्रभावित घोषणा, सरकारी अस्पताललाई कोभिड–१९ सम्बन्धी निःशुल्क सेवा प्रवाह गर्न आग्रह

बैशाख २, काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ सहित १४ जिल्ला अति प्रभावित वर्गीकरण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार जारी गरेको विज्ञप्तीमा काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङ जिल्लालाई अति प्रभावित मानेको छ। यी जिल्लाका भिडभाड हुने क्षेत्र तथा सेवाहरु बन्द गर्न आग्रह गरेको छ  । विद्यालय, रात्र

बिहिबार ५ सय ३४ संक्रमित थपिए, ५ जनाको मृत्यु

बैशाख २, काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ५ सय ३४ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ३५८५ पिसिआर परिक्षणबाट ४ सय ९० र ५६४ एन्टिजेन परीक्षणबाट ४४ गरी जम्मा ५ सय ३४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। थप ५ जनाको मृत्यु भएको छ । यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमण हुनेको सङ्ख

रु रु जलविद्युतको आइपिओ भोलि शुक्रबार बाँडफाँड हुने

बैशाख २, काठमाडौँ- रु रु जलविद्युतको प्राथमिक सेयर (आइपिओ) भोलि शुक्रबार बाँडफाँड हुने भएको छ। चैत्र २० गते देखि २४ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण भोलि बिहान साँढे ८ बजे बाँडफाँड हुने भएको छ ।आईपीओकाे बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक  एनएमबि क्यापिटल रहेको छ । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता शेयर

सीईडीबीले २५ करोड रुपैयाँको आईपीओ जारी गर्न, धितोपत्र बोर्डबाट पायो स्वीकृति

बैशाख २, काठमाडौँ-  नेपाल धितोपत्र बोर्डले सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई आईपीओ जारी गर्न स्वीकृति प्रदान गरेको हो । बोर्डको स्वीकृति संगै सीईडीबी २५ करोड १८ लाख रुपैयाँ भन्दा बढीको आईपीओ जारी गर्ने भएको छ । एक सय रुपैयाँ अंकति मूल्यमा कम्पनीले २५ लाख १८ हजार २ सय ३० कित्ता आईपीओ निस्कासन गर्न बोर्डले जनाएको छ ।  कम्पनीको आईपीओ निष्काशन तथा बिक्रीका लागि प्रबन्धक सनराईज क्यापिटल र

घरमै बसेर जग्गाको नक्शा प्रिन्ट गर्न सकिने “मेरो कित्ता प्रणाली” प्रधानमन्त्रीद्वारा उद्घाटन

बैशाख २, काठमाडौँ-  प्रधानमन्त्री केपी शर्मा ओलीले घरमै बसेर जग्गाको नक्शा प्रिन्ट गर्न सकिने "मेरो कित्ता प्रणाली"को उद्घाटन गरेका छन् । ईन्टरनेटको माध्यमबाट आफ्नो जग्गाको नक्सा, प्लट रजिस्ट्रर, फिल्डबुक प्रिन्ट र फिल्ड रेखांकन निवेदन सेवा अनलाइनबाटै पाउने यो प्रणालीको बिहिबार एक औपचारिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरेका छन् । ‘मेरो कित्ता डट जिओभी डट एनपी’ लगइन गरे

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव दर्ता

बैशाख २, काठमाडौँ- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । गण्डकी प्रदेशसभा सचिवालयमा विपक्षी दलहरूहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गराएका हुन् । गण्डकी प्रदेश सरकार विरूद्ध विपक्षी दलहरूले अविश्वासको प्रस्ताव ल्याउने भएपछि प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति १२ बजेदेखि लागू