त्रिविका शैक्षिक प्रमाणपत्र अब अनलाइनबाटै

काठमाडौँ, ४ माघ : त्रिभुवन विश्वविद्यालयका कुनै पनि शैक्षिक प्रमाणपत्र लिन परीक्षा नियन्त्रण कार्यालय (पनिका) पुग्नु नपर्ने भएको छ । पनिकाले यही माघ १५ गतेदेखि सबै शैक्षिक प्रमाणपत्रको काम अनलाइनमार्फत गर्ने र सम्बन्धित पनिकाका क्षेत्रीय कार्यालयमा पठाउने भएकाले अब विद्यार्र्थीलाई बल्खुस्थित पनिका कार्यालयमा पुग्न नपर्ने परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो । यही माघ १५ गतेदेखि

नेपालमा विदेशी चलचित्रको छायाङ्कन

काठमाडौँ, ४ माघ : कोदारी (अरनिको) राजमार्ग र बाह्रबिसे आसपासको दृश्य झैँ देखिने स्थानको निर्माण (सेट लगाएर) हलिउड चलचित्र ‘आइस रोड–२’ को छायाङ्कन अष्ट्रेलियाको भिक्टोरियास्थित वालहल्ला भन्ने ठाउँमा भइरहेको छ । उक्त स्थानको श्रव्यदृश्य सार्वजनिक भएसँगै नेपालको झल्को दिएको प्रतिक्रिया सामाजिक सञ्जालमा छन् । त्योभन्दा बढी उक्त चलचित्रका निर्माता, निर्देशकले ठाउँ नै निर्माण गर्न गरिने खर्चको सट्टा

लुक्लामा हवाई सेवा लिने पर्यटक बढे

सल्लेरी (सोलुखुम्बु), ४ माघ : सोलुखुम्बुको पर्यटकीयस्थल लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा हवाई सेवा प्रयोग गर्ने पर्यटकको सङ्ख्या २३ प्रतिशतले वृद्धि भएको छ । सन् २०२२ को तुलनामा सन् २०२३ मा लुक्लामा हवाई सेवा प्रयोग गर्नेको सङ्ख्या २३ दशमलव ८४ प्रतिशतले वृद्धि भएको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्ला शाखाले जनाएको हो । प्राधिकरणका प्रमुख उमेश पन्थीका अनुसार सन् २०२२ मा एक लाख एक हजार पाँ

खाना पकाउने ग्यासको सिलिण्डर पड्किँदा मृत्यु

चितवन, २ माघः पश्चिम चितवनको फूलबारीमा खाना पकाउने ग्यास सिलिण्डरबाट ग्यास चुहावट भइ पड्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ डेरीचोकका ५० वर्षीय मनिष थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार आफ्नै कोठामा खाना बनाउने क्रममा ग्यास चुहावट भएर सिलिण्डर पड्किँदा थापाको सोमबार मृत्यु भएको प्रारम्भिक अनु

‘वाइड बडी’ जहाजमा प्राविधिक समस्या आएपछि ‘ग्राउण्डेड’

काठमाडौँ, २ माघ : नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाजमा प्राविधिक समस्या आएका कारण ‘ग्राउण्डेड’ भएको छ । जहाज ग्राण्डेड भएसँगै दोहा गन्तव्यमा उड्ने तयारीमा रहेका यात्रु अलपत्र परेका छन् । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार वाइडबडी जहाजको फ्लाइट कन्ट्रोल सेन्सरमा समस्या आएपछि उडान रोक्नु परेको हो । ग्राउण्डेड जहाजको अहिले प्राविधिक मर्मत भइरहेको छ । रोकिएका यात्रुलाई आज साँझ

त्रिशूलीमा खसेको जीप भेटियो

चितवन, २ माघ : त्रिशूली नदीमा भारतीय नम्बरप्लेटको जीप त्रिशूली नदीमा खसेको छ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट उक्त जीप त्रिशूलीमा खसेको हो । आज बिहान पौने पाँच बजेको समयमा बी आर ०९ जी सी १४३९ नम्बरको जीप त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिनुभयो । जीप सडकबाट करिब एक सय मिटर तल खसेको हो ।

महानगरपालिकाले महसुल नतिरेपछि खानेपानी धाराको लाइन काट्ने तयारी

वीरगञ्ज (पर्सा), २ माघ : नेपाल खानेपानी संस्थानले वीरगञ्ज महानगरपालिकाको सार्वजनिक स्थानमा जडान गरेको दुई सय ७८ धाराको लाइन काट्ने तयारी गरेको छ । सार्वजनिक स्थानमा जडान गरिएका धाराको महसुलबापतको रकम महानगरपालिकाले भुक्तानी गर्न आनाकानी गरेपछि संस्थानले ती सबै धाराको लाइन काट्ने तयारी गरेको हो । खानेपानीको मुहान सुकेर पानीको समस्या भएका बेला महानगरपालिकाले महसुल भुक्तानी गर्नेगरी धारा जडान गरिद

दाङ दुर्घटना : सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ, २८ पुस स् नेपाली कांग्रेसले दाङको भालुवाङमा भएको बस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज एक विज्ञप्ति जारी गरी बाँकेको नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको भे१ख ३९१२ नंको बस गएराति दाङको देउखुरीको भालुवाङस्थित राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु र २२ जना घाइते भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो । सभापति देउवाले

तालिबान प्रशासनद्वारा अफगानिस्तानमा मानव अधिकार कुण्ठित : ह्युमन राइट्स वाच

अफगानिस्तानमा तालिबान सरकार स्थापनापछि आधारभूत मानव अधिकार र विशेषगरी महिलाको अधिकारलाई कुण्ठित गरिरहेको मानव अधिकारवादी अन्तर्राष्ट्रिय सङ्घसंगठनहले जनाएका छन् । ह्युमन राइट्स वाचले हालै सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार तालिबानले अफगानिस्तानमा महिला अधिकारमाथि दमन बढाएको उल्लेख छ । ह्युमन राइट्स वाचकी कार्यकारी निर्देशक तिराना हसनले सन् २०२३ संसारभर कैयौँ युद्ध अपराध र मानव अधिकार उल्लङ्घनको

काटिएका लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय

काठमाडौँ, २७ पुस । नेपाल विद्युत् प्राधिकरणले विगतमा डेडिकेटेड फिडर एवं ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका तर त्यसबापतको प्रिमियम महसुल नतिरेका ग्राहकको विद्युत् आपूर्ति पुनः जोड्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा आज बसेको प्राधिकरण सञ्चालक समितिको नौ सय ६० औँ बैठकले मन्त्रिपरिषद्को निर्णयबमोजिम काटिएको विद्युत् लाइन जोड्ने निर्णय गरेको प्राधिकरणले जन