महिला क्रिकेट–फाइनलमा एपीएफ र पूर्वाञ्चल

काठमाडौं–साउन। राष्ट्रिय महिला छनोट च्याम्पियनसिप क्रिकेट प्रतियोगिताको फाइनलमा एपीएफ र पूर्वाञ्चल विकास क्षेत्र भिड्ने भएका छन् । कीर्तिपुरस्थित टीयु मैदानमा सोमबार सूदुरपश्चिमाञ्चलसंग हुने खेल बर्षाले प्रभावित पारेपछि पूर्वाञ्चलले अंक बाड्दै फाइनल यात्रा तय गरेको हो । सूदुरपश्चिमाञ्चल र पूर्वाञ्चलबीचको पहिलो इनिङ्स चलिरहदा पानी परेपछि खेल स्थगित भएसंगै दुबै टोलीले एक–एक अंक बाडेका थिए । समूह बी

रियो ओलम्पिकमा रुसले सहभागिता पाउने

एजेन्सी–साउन । ब्राजिलमा हुने रियो ओलम्पिकमा रुसले एथ्लेटिक्स बाहेक अन्य खेलमा भाग लिन पाउने भएका छन् । रुसका एथ्लेटिक्स खेलाडीले डोपिङको प्रयोग गरेको पुष्टि भएपछि यसअघि नै रुसी खेलाडीलाई अन्तराष्ट्रिय एथ्लेटिक्स महासंघले प्रतिबन्ध लगाएको थियो । अन्तराष्ट्रिय ओलम्पिक कमिटि आईओसीले कुन खेलमा सहभागि गराउने वा नगराउने भन्ने जिम्मा सम्बन्धित खेलका विश्व संस्थाहरुलाई दिएपछि रुस रियो ओलम्पिकको पुर्ण प्

महिला राष्ट्रिय क्रिकेट शनिबारबाट, तयारी पूरा

काठमाडौं–साउन । महिला राष्ट्रिय क्रिकेट छनोट प्रतियोगिताको तयारी पूरा भएको छ । राष्ट्रिय खेलकुद परिषदले पत्रकार सम्मेलन गरि काठमाडौंमा शनिबारबाट चार दिनसम्म हुने प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो । टी–२० फर्म्याटमा सञ्चालन हुने प्रतियोगितामा पाँच विकास क्षेत्र र शसस्त्र प्रहरी बलको महिला टोलीसहित ६ टिमले सहभागिता जनाउने छन् । अक्टोबर ९–१५ सम्म हङकङमा हुने आइसिसी महिला विश्वकप छनोटमा

अन्जन उत्कृष्ट युवा खेलाडी, फुटबल टोली ‘टिम अफ द इयर’ अवार्डबाट सम्मानित

काठमाडौं–साउन । युवा फुटबलर अन्जन विष्ट खेलकुद पत्रकार मञ्चले प्रदान गरेको पल्सर स्पोर्टस अवार्ड अन्र्तगत उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् । हेटौंडाका १८ वर्षिय फुटबलर अन्जनले पौडीकी गौरिका सिंह, क्रिकेटका सन्दिप लामिछाने, जुडोकी मनिता श्रेष्ठ प्रधान र उसुकी नीमा घर्तीमगरलाई पछि पार्दै उत्कृष्ट युवा खेलाडीको उपाधि कब्जा जमाएका हुँन । अन्जनले ५० हजार नगद सहित सम्मान पाएका छन् । नेपालले बंगबुन्ध

नेपाली क्रिकेटको विजयी लहर

एजेन्सी–साउन । नेपालले विश्वकै पुरानो मेरिलिबोन क्रिकेट क्लब एमसीसीसहित बेलायतका विभिन्न क्लबसागको पााचवटै खेलमा विजय हात पारेको छ । लर्ड्समा भएको खेलमा नेपालले बेलायती क्लब एमसीसीलाई ४१ रनले हराउन सफल भयो । नेपालले प्रस्तुत गरेको दुई सय १८ रनको लक्ष्य पछ्याएको एमसीसी ४७ दशमलव २ ओभरमा एक सय ७६ रन बनाउादा अलआउट भयो । एमसीसीका ओपनर जर्ज एडरले एक सय रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । नेपालका ब

नेपाली क्रिकेटको लगातार चौथो सफलता

काठमाडौं–साउन । बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार चौथो जित निकालेको छ । गएराति भएको खेलमा नेपाली टोलीले बेलायतको स्थानीय क्रिकेट क्लब इस्टबर्नलाई एक सय ८१ रनले हराउँदै लगातार चौथो जित हात पारेको हो । नेपालले प्रस्तुत गरेको तीन सय एक रनको लक्ष्य पछ्याएको इस्टबर्नले ३४ दशमलव ३ ओभरमा सबै विकेटको क्षतिमा एक सय १९ रन मात्रै बनाउन सक्यो । इस्टबर्नलाई कम रनमै सीमित बनाउन नेपालक

क्रिकेट अभ्यास खेलमा नेपालको तेश्रो जीत

एजेन्सी–साउन १ । अभ्यास खेलका लागि बेलायत गएको नेपाली राष्ट्रिय क्रिकेट टिमले लगातार तेस्रो जित हात पारेको छ । गएराति भएको तेस्रो अभ्यास खेलमा नेपालले बेलायतको क्रिकेट क्लब कन्फ्रेन्स्लाई चार विकेटले पराजित गऱ्यो । कन्फ्रेन्स क्लबले प्रस्तुत गरेको दुई सय २७ रनको लक्ष्य नेपाली टोलीले ४६ दशमलव १ ओभरमा ६ विकेट गुमाएर भेट्टाएको थियो । कप्तान पारस खड्काले ६६ बलमा ६७ रन, अनिल मण्डलले ६४ बलमा ४३, ज्ञ

१८ जना फुटबलरलाई गीताञ्जलीको छात्रबृति

काठमाडौं–असार २९ । काठमाडौंस्थित नयाँबजारमा रहेको गीताञ्जली कलेजले १८ जना फुटबलरलाई छात्रबृति दिने घोषणा गरेको छ । कलेजका अनुसार पूर्ण छात्रबृति पाउनेमा फुटबल राष्ट्रिय टिमका ६ सहित १६ बर्ष मुनि उमेर समूहका राष्ट्रिय टिमका १२ जना फुटबलर परेका छन् । नेपाली राष्ट्रिय फुटबल टोलीलाई सम्मान गर्न आयोजित कार्यक्रमबाट छात्रबृति घोषणा गरेको कलेजले राष्ट्रिय टोलीका युवा खेलाडीहरु अञ्जन विष्ट, एलन न्यौपाने,

ओलम्पिकमा सिंह र गुरुङ

काठमाडौं–असार २९ । ब्राजिलको रियो द जेनेरियोमा अयोजाना हुने रियो ओलम्पिकका लागि पौडी खेलबाट शिरिष गुरुङ र गौरिका सिंह छनोट भएका छन् । पौडीको अन्तर्राष्ट्रिय संस्था फिनाले रसियाको कजान र दुबईमा आयोजना गरेको ओलम्पिक छनोट प्रतियोगितामा सहभागी भई फिना अंकको नजिक रहेको आधारमा गुरुङ र गौरिकालाई रियो ओलम्पिकका लागि छनोट गरिएको नेपाल पौडी संघले जानकारी दिएको छ । रियो ओलम्पिकमा गुरुङले सय मिटर फ्रिस्टाय

यूरोकपको उपाधि पोर्चुगललाई

असार २७ । यूरोकप २०१६ को उपाधि पोर्चुगलले जितेको छ । आयोजक राष्ट्र फ्रान्सलाई १–० ले हराउँदै पोर्चुगलले यूरोकपको उपाधि आफ्नो हातमा पारेको हो । अतिरिक्त समयमा गोल गर्दै पोर्चुगलले उपाधि माथि कब्जा गरेको हो । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई सुरुमा खेलको २४ औं मिनेटमै गुमाएपनि पोर्चुगल युरो २०१६ को फाइनलमा फ्रान्सलाई हराउन सफल भएको हो । फ्रान्सका खेलाडीले रोनाल्डो घाइते बनाएका थिए ।