खेलकुद विश्वविद्यालय गठन गर्न माग

काठमाडौं–भदौ । राष्ट्रिय विश्वविद्यालय खेलकुद संघ नेपालले खेलकुदको विकास गर्नका लागि खेलकुद विश्वविद्यालय गठन गर्न माग गरेको छ । काठमाडौंमा मंगलबार संघले पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय जगतमा खेल क्षेत्रको सफलता प्राप्त गर्नका लागि नेपालमा खेलकुद विश्वविद्यालय गठन हुनुपर्ने माग राखेको हो । संघले नेपालको खेलकुद विकासका लागि तीन एजेण्डा पनि प्रस्तुत गरेको छ । संघका अध्यक्ष अनिलकुमार रिजालले

पूर्वमा सातौ राष्ट्रिय खेलकुदको तयारी शुरू

भदौ २० । पूर्वका विभिन्न स्थानमा सातौं राष्ट्रिय खेलकुुद प्रतियोगिता हुने निश्चित भएसंगै आवस्यक पूर्वाधारहरुको प्राविधिक जाँच सुरु गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका इन्जिनियरसहितको टोलीले खेल सञ्चालन हुने मैदानहरुको अनुगमन र प्राविधिक जाँच सुरु गरेको हो । परिषदका इन्जिनियर अरुण उपाध्यायको नेतृत्वको प्राविधिक टोलीले इटहरीको पूर्वाञ्चल क्षेत्रीय रंगशाला, जनता उच्च माविको खेलमैदान, जनता बहुमुखी क्

वल्र्ड छनोटमा अर्जेन्टिना विजयी

भदौ । वल्र्ड कप छनोटमा हालै सन्यास फिर्ता लिएका कप्तान लियोनल मेस्सीको गोलको मद्दतमा अर्जेन्टिनाले उरुग्वेलाई पराजित गरेको छ । शुक्रबार बिहानको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई एक–शून्य गोलले पराजित गरेको हो । अर्जेन्टिनाको घरेलु मैदानमा भएको खोलमा मेस्सीले ४३ औं मिनेटमा गोल गरी टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिम मिनेटमा १० खेलाडीमा सीमित भएपनि उरुग्वेले गोल गर्न भने सकेन । यसअघि विश्व

छोटो समयमै नमुना बन्दै सिफल मार्शल आर्ट्स क्लब

काठमाडौं–भदौ । काठमाडौंको सिफलमा रहेको सिफल मार्शल आर्ट्स छोटो अवधिमै सबैको नमूना बन्न सफल भएको छ । प्रशिक्षक द्वय विशाल विक्रम अधिकारी र शिला खड्गी द्वारा सञ्चालित यो मार्शल आर्ट्स क्लबले गोजुरियो करातेको प्रशिक्षण दिदै आएको छ । अति नै कम शुल्कमा मार्सल आर्ट क्लबले अहिले झण्डै चालिस जना विद्यार्थीलाई प्रशिक्षण दिइरहेको छ । मासिक जम्मा ३ सय रूपैयाँ लिएर यस क्लबले अहिले विद्यालय अध्ययनरत भाइवहिनीह

पाकिस्थानसँको एक लिवसिय क्रिकेट सिरिजको उपाधि इंग्ल्याण्डलाई

भदौ १६ । पाकिस्तानसंगको एक दिवसीय क्रिकेट शृंखलाको सिरिज इंग्ल्याण्डले जितेको छ । मंगलबार राति ट्ेरन्ड बृज मैदानमा एक दिवसीय क्रिकेट शृंखलाको तेस्रो खेल जितेसंगै ईङ्ग्ल्याण्डले सिरिज आफ्नो कब्जामा पारेको हो । इंग्ल्याण्डले लगातार तीन खेल जित्दै दुई खेल खेल्नुअघि एक दिवसीय क्रिकेट शृंखलाको सिरिज आफ्नो पोल्टामा पारेको हो । टस जितेर ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ३ विकेटको क्षतिमा ४

टी ट्वान्टीको सिरिज वेष्ट इन्डिजलाई

भदौ–भारतसँगको टी–ट्वान्टी क्रिकेट शृंखलाको सिरिज वेष्ट इन्डिजले जितेको छ । अमेरिकाको फ्लोरिडामा आइतबार राति दोस्रो खेल वर्षाले रद्द भएसँगै वेष्ट इन्डिजले टी–ट्वान्टी क्रिकेटको शृंखला एक–शून्यले जितेको हो । टस हारेर ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित २० ओभर सकिन २ बल बाँकी छँदा सबै विकेटको क्षतिमा एक सय ४३ रन बनाएको थियो । वेष्ट इन्डिजका लागि ओपनर जोहनसन चाल्र्सले ४३ रन बनाएका थिए । १ सय ४४ र

प्रिमियर लिगमा राति आठ खेल हुने

एजेन्सी–भदौ । इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत शनिबार राति आठ खेल हुंदैछन् । साविक विजेता लिएस्टर सिटीले आफ्नो घरेलु मैदान किङ पावर स्टेडियममा स्वान्सी सिटीसंग प्रतिस्पर्धा गर्दैछ । यस्तै, चेल्सीले स्टाम्फोर्टमा पाहुना बुर्नलीसंग प्रतिस्पर्धा गर्नेछ । लिभरपुलले वाइट हान हार्ट लानेमा टोटनह्यामसंग र म्यान्चेस्टर युनाइटेडले हल सिटीसंग आजै राति केसीओम रंगशालामा प्रतिस्पर्धा गर्दैछन् ।

युुरोपको उत्कृष्ट वर्ष खेलाडी बने रोनाल्डो

एजेन्सी–भदौ । क्रिस्टियानो रोनाल्डो युरोपको वर्ष उत्कृष्ट खेलाडी घोषणा भएका छन् । पोर्चुगलका कप्तान तथा विश्व चर्चित खेलाडी क्रिष्टियानो रोनाल्डोले युरोपको उत्कृष्ट फुटवलर घोषित हुंदै उत्कृष्ट वर्ष खेलाडीको अवार्ड हात परेका हुन् । फ्रान्सको मोनाकोमा बिहीबार राती भएको बिशेष कार्यक्रममा रोनाल्डोलाई अवार्ड दिइएको हो । ३१ बर्षीय रोनाल्डोले अवार्ड जित्ने क्रममा रियल मड्रिडकै टिम मेट ग्यारेथ बेल र एथले

सातौं राष्ट्रिय खेलकुुद मंसिर ८ गतेबाट : विष्ट

सुनसरी–भदौ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले विभिन्न कारणले रोकिएको सातौं राष्ट्रिय खेलकुुद आगामी मंसिर ८ गतेबाट सुरु हुने बताउनु भएको छ । सुनसरीको ईटहरीमा भएको पत्रकार भेटघाटमा सदस्यसचिव बिष्टले पुर्वाञ्चलमा हुने भनिएको सातौं राष्ट्रिय खेलकुुद अब भने तोकिएकै समयमा हुने वताउनु भएको हो । उहाँले खेल सम्मपन्न गर्न परिषदका सदस्य सचिवको संयोजकत्वमा २८ सदस्यीय समिति चयन गरी कुन खेल कहा

सिफल मार्सल आर्ट क्लबद्वारा प्रशिक्षक तथा खेलाडीलाई सम्मान

काठमाडौं–भदौ । सिफल मार्सल आर्ट क्लले मार्सल आर्टको क्षेत्रमा महत्वपूर्ण योग्दान पुर्‍याउने व्यक्ति तथा खेलाडीलाई सम्मान गरेको छ । क्लबले काठमाडौंमा एक कार्यक्रम गरी मार्सल आर्ट गुरू वीआर मित्र, सीताराम कडेंल र खेलाडी पेम्बा तमाङलाई सम्मान गरेको हो । क्लबले खेलाडीहरूलाई प्रशंसा पत्रसहित खादा र फुल मालाले सम्मान गरेको हो । ग्लेसियर इन्टरनेशनल कलेजका प्रिन्सिपल दिवश शाक्यको प्रमुख आथित्यतामा भएको क