पूर्वाञ्चल महोत्सवको तयारी अन्तिम चरणमा

उदयपुर– वैशाख २३ । त्रियुगा उद्योग वाणिज्य सङ्घ, गाईघाटको आयोजनामा जेठ १ देखि १० गतेसम्म उदयपुरको सदरमुकाम गाईघाटमा सञ्चालन हुन लागेको तेस्रो पूर्वाञ्चल महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सवका लागि अहिले २०० सम्म व्यापारिक स्टल राख्ने निर्धारण भइसकेको छ भने सोही अनुसार तयारी अन्तिम चरणमा पुगेको त्रियुगा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गजेन्द्र भगतले बताउनुभयो । गाईघाटस्थित त्रियुगा बसपा

पुल जीर्ण बन्दा जोमसोम र उपल्लो मुस्ताङका सर्वसाधारण मारमा

मुस्ताङ–बैशाख १९ । मुस्ताङ सदरमुकाम जोमसोम जोड्न कालीगण्डकीमाथि निर्माण गरिएको झोलुङे पुल जीर्ण बन्दा यस क्षेत्रका सर्वसाधरणलाई समस्या भएको छ । जोमसोम बजारसहित उपल्लो क्षेत्रलाई जोड्ने एकमात्र पुल जीर्ण भएपछि सर्वसाधारणको  आवतजावतमा समस्या उत्पन्न भएको हो । पुलमा राखिएका काठ भाँच्चिएका र कुहिएका कारण सर्वसाधारणको यात्रामा जोखिम बढेको छ । कालीगण्डकीमाथी पक्की पुल निर्माणको कार्य जारी रहेका अवस्था

काठमाडौंका सांस्कृतिक सम्पदाको पुनःनिर्माण सुरू

काठमाडौँ–बैशाख १३ । गत वर्षको भूकम्पबाट क्षतिग्रस्त बन्न पुगेको वसन्तपुरस्थित सांस्कृतिक सम्पदाको पुनःनिर्माण सुरु गरिएको छ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वंशगोपाल मन्दिर पुनःनिर्माणको शुभारम्भ गरेसँगै  सोमबारबाट वसन्तपुरका, पुरातात्विक, ऐतिहासिक र सांस्कृतिक सम्पदा पुनःनिर्माणको अभियान सुरु भएको हो । पुनःनिर्माणको शुभारम्भपछि नेता पौडेलले क्षतिग्रस्त सम्पदा तथा जनताको आभाष निर

पर्यटन प्रवर्धनका लागि जुर्मुराउँदै व्यवसायी

काठमाडौँ–११ वैशाख । प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले ४० औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारणसभा भूकम्प र नाकाबन्दी पश्चात शिथिल बनेको पर्यटन उद्योग पुनरुत्थानका लागि छिमेकी मुलुक भारत र चीनको बजार प्रवद्र्धन, राष्ट्रिय ध्वजावाहक नेपाल वायू सेवा निगम सुदृढिकरण तथा नागरिक उड्डयन तर्फ कालो सुचि हटाउने र विमान स्थलको सेवा सुदृढिकरणका लागि अभियान सञ्चालन गर्ने पाँच बु

के होला पोखरामा प्याराग्लाइडिङ्ग कम्पनीको भविष्य ?

शारदा भण्डारी पोखरा–बैशाख ५ । पोखरामा अबको चार बर्ष भित्र क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल बन्ने लगभग पक्कापक्की भएपछि पोखरामा सञ्चालित प्याराग्लाइडिङ्ग कम्पनीको व्यवस्थापन कसरी हुन्छ भन्ने सवाल उठ्न थालेको छ । अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेपछि जाहज हाइट लिने बेला र ल्याण्ड गर्ने समयमा निश्चित ठाउँसम्मको एरिया आवश्यक पर्ने भएकाले प्याराग्लाइडिङ्ग कम्पनी यथावत अवस्थामा रहने वा नरहने

थोराङपासमा पर्यटक आवास गृह सञ्चालनमा

मुस्ताङ–बैशाख ४ । राउण्ड अन्नपूर्ण पदमार्गको थोराङपासमा अस्थायी सेल्टर (आवास गृह) निर्माण भएपछि पर्यटकलाई सुविधा भएको छ । जिल्ला विकास समिति मुस्ताङ र पर्यटन बोर्डले रु ४० लाख खर्चेर सेल्टर निर्माण गरेपछि यस क्षेत्रमा पुग्ने पर्यटकलाई सुविधा भएको हो । एक्काइस दिन लाग्ने पदमार्गको पदयात्रामा अधिकाँश पदयात्रीको समुद्री सतहदेखि ५४ सय मिटर उचाइमा रहेको थोराङपासमा पुग्ने चाहना बाँस अभावमा कठिन थियो ।

गोसाइँकुण्ड पुग्ने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि

रसुवा–बैशाख २ । भूकम्पपछिको पुनःनिर्माण सुरु भएसँगै गोसाइँकुण्ड लगायतका हिमाली क्षेत्रको अवलोकन गर्ने पर्यटकको संख्या बढ्न थालेको छ । हिमाली प्रकृतिको अवलोकन गर्न गोसाइँकुण्ड पुग्ने पर्यटकको आगमन वृद्धिले पर्यटकको आगमन यो बर्षमा बढ्ने संकेत मिलेको हो । लाङ्टाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले नयाँ वर्ष–२०७३ को पहिलो दिन नै ७० पर्यटक निकुञ्ज क्षेत्रमा आएको भन्दै पर्यटकको

सराङ्गकोेटमा पर्यटक बढे

कास्की– चैत २४ । नयाँ बर्ष सुरु भएसँगै नेपालकै प्रशिद्ध पर्यटकीय स्थल सराङ्गकोटमा आन्तरिक तथा बाह्य पर्यटकको सङख्या थालेको छ । विभिन्न देश तथा नेपालका विभिन्न स्थानबाट सूर्योदयको अवलोकन गर्न आउने पर्यटकको सङख्या बढेको हो । सराङ्कोट प्याराग्लाइडिङ्ग लागि पनि विश्वकै उत्कृष्ठ ठाउँ हो ।

धार्मिक पर्यटनको विकास विस्तार आवश्यक:दाहाल

काठमाडौँ, २१ चैत । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पशुपतिनाथ धार्मिक पर्यटनको पहिलो आधार भएको भन्दै यस क्षेत्रको विकास, विस्तार र प्रचारका लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय कर्मचारी सङ्गठन नेपाल पशुपति क्षेत्र विकास कोषको चौथो महाधिवेशनमा सम्बोधन गर्दै एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले विश्वका विभिन्न मुलुकले यस्ता धार्मिक केन्द्रबाटपर्यटकीय तथा

अब बन्ने भयो पोखरास्थित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं–१८ चैत । पोखरास्थित क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल आगामी बैशाख १ गते शिलान्यास हुनेभएको छ । सबै राजनीतिक दलका शिर्ष नेताहरु सहभागी भएर संयुक्तरुपमा शिलान्यास गर्ने सहमति गरेको बिहिबारको बृहत्तर बैठकले तीव्र गतिमा निर्माण सम्पन्न गर्ने गरि काम अघि बढाइने निर्णय समेत गरेको छ । दलका शिर्ष नेताहरुको उपस्थितिमा प्रधानमन्त्री ओलीले विमानस्थलको शिलान्यास गर्ने निर्णय भएको भन्दै पर्यटन तथा