होमस्टेमा विदेशी पर्यटकको आकर्षण

चितवन, १८ असोज : पछिल्लो सयम घरबास (होमस्टे) प्रति विदेशी पर्यटकको आकर्षण बढ्न थालेको छ । होमस्टे सञ्चालनको समयमा आन्तरिक पर्यटकमात्रै आउने गरेको भए पनि अहिले विस्तारै विदेशी पर्यटकहरुको पनि आकर्षण बढेको छ । होमस्टे महासङ्घका महासचिव कृष्ण चौधरीका अनुसार होमस्टेमा विगतको वर्षको तुलनामा अहिले विदेशी पर्यटक पनि बढ्न थालेको हुन् । गत आर्थिक वर्षमा होमस्टेमा बस्न आएका पर्यटकमध्ये १० प्रतिशत विदेशी

आज विश्व पशु दिवस मनाइँदै

काठमाडौँ, १७ असोज : जनावरको संरक्षणको बारेमा सचेतना जगाउन आज विश्व पशु दिवस मनाइँदै छ । विभिन्न जनावरलाई विभिन्न देवीदेवताको वाहनको रुपमा पुज्ने चलन छ । तिहारमा विशेष गरी पशुको महत्व बढी छ । तिहारमा काग, कुकुर, गाई र गोरुलाई देवताको प्रतीक मानेर पुज्ने चलन छ । अझ हिन्दू धर्ममा गाईको पूजा अथवा दानलाई सबैभन्दा पूण्य दिने दानसँग तुलना गरिन्छ । राष्ट्रिय जनावरको रुपमा रहेको गाईलगायतका जनावरप्रतिको

मिथिलामा जितीया पर्वको तयारी

महोत्तरी, १६ असोजः महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा पितृपक्ष (सो¥हश्राद्ध) सुरु भएपछि सन्तान हुने मिथिलानी (मिथिलाका नारी) जितीया पर्वका  लागि तयारीमा जुटेका  छन् । यस वर्ष यो पर्व यही असोज १९ गते शुक्रबार परेको छ । असोज कृष्ण अष्टमीका दिन निराहार उपवास गरिने जितीया पर्वका लागि पितृपक्ष सुरु हुनासाथै व्रतालु आमाहरू आफ्ना सन्तान सुयोग्य हुने कल्पनामा रोमाञ्चित हुने गर्छन् । केही वर्ष पहिलेस

पछिल्लो समय कुरूप बन्दै पर्यटकीय नगरी पोखरा

कास्की । पोखरा पर्यटकीय सहर । पोखरा भन्ने बित्तिकै सबैको मन मस्तिष्कमा प्राकृतिक सुन्दरताले भरिपूर्ण हिमाल तालको सुन्दर दृश्य आउँछ । यद्यपि बढ्दो सहरीकरण अव्यवस्थित संरचना र फोहोरको उचित व्यवस्थापनको अभावमा पोखराको सुन्दरता जोगाउन चुनौती बन्दै गएको छ । सेप्टेम्बर २७  विश्व पर्यटन दिवसका अवसरमा पोखरामा विभिन्न कार्यक्रम भए । नारा थियो ‘पर्यटनमा हरित लगानी’ अर्थात् (टुरिज्म एन्ड ग्रिन इन्भेष्टमेन

पर्यटक भित्र्याउन सहज बनाउन होटल सङ्घ नेपालको आग्रह

काठमाडौंं ।  होटल व्यवसायीहरुको छाता सङ्गठन (हान) ले पर्यटक आगमनलाई सहज तुल्याउन र आतिथ्य सेवालाई चुस्त तथा प्रभावकारी बनाउ पर्यटन विभाग र अध्यागमन विभागलाई आग्रह गरेको छ । सङ्घका अध्यक्ष विनायक शाहको नेतृत्वमा सङ्घका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको प्रतिनिधिमण्डलले आज दुवै विभागका महानिर्देशकलाई अलग–अलग भेट गरी कोभिड–१९ महामारीपछि पर्यटन आगमन बढिरहेको सन्दर्भमा पर्यटकहरुको नेपाल भ्रमणप्रतिको

हतुवागढी गाउँपालिकाले गुरूयोजना बनाएर पर्यटन प्रवद्र्धन गर्दै

भोजपुर । ऐतिहासिक हतुवागढी गाउँपालिकाले गुरुयोजना बनाएर पर्यटन प्रवर्द्धनको काम अगाडि बढाएको छ । गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि विभिन्न आधार तथा सम्भावना खोजी विकासमा जुटेको हो । पर्यटकीय अवस्था, क्षेत्र, सम्भावना तथा भविष्यमा गर्न सकिने कामलाई समेटेर गुरुयोजना तयार गरिएको गाउँपालिकाले जनाएको छ । स्थानीयस्तरमा रहेका प्राकृतिक तथा ऐतिहासिक सम्पदा, साँस्कृतिक धरोहर र धार्मिक स्थलको संरक्षण, स

विना टिकट अवलोकन गर्न पाउने गरी खुल्यो रानीपोखरी

काठमाडौं । सर्वधारणले विना टिकट अवलोकन गर्न पाउने गरी आजदेखि रानीपोखरी खुला भएको छ । २०७२ सालको विनासकारी भूकम्पबाट क्षतिग्रस्त भएको रानी पोखरी पुन निर्माणपछि पहिलो पटक खुलेको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७८ पुस ८ गते नै काठमाडौं महानगरलाई रानीपोखरी हस्तान्तरण गरे पनि सर्वसाधारणका लागि अहिलेसम्म खुला गरिएको थिएन ।

विकल्प विना नै पोखराको प्याराग्लाइडिङ बन्द

पोखरा । प्याराग्लाइडिङको हब भनेर परिचत पोखरामा व्यवसायिक प्याराग्लाइडिङ बन्द भएको छ । पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै उचित विकल्प विना नै प्याराग्लाडिङ बन्द गर्ने निर्णय सरकारले गरेको हो । यद्यपी कास्कीको मान्द्रेढुङ्गाबाट भने सिमित समय र सिमित संख्यामा उडान गर्न सक्ने व्यवस्था भने सरकारले खुल्ला नै राखेको छ । तर व्यवसायिक उडान सञ्चालन गर्दै आएका कम्पनीलाई यो विकल्प सन्त

पोखराको सराङ्कोट हाइटमा स्वार्थ समूहको ठूलो चेलखेल, सार्वजनिक जग्गामा राँइदाँइ (श्रृङखला–एक)

कास्की । सराङ्कोट भन्ने वित्तिकै पोखरा पुगेका र बुझेकाहरूका लागि परिचित नाम हो । माच्छापुच्छ्रे, अन्नपूर्ण, धौवलागरी सहितका हिमालको मनोरम दृश्यावलोकन गर्न सकिने नेपालको एक मात्र ठाउँ पनि सराङ्कोट नै हो । सूर्योदय र सूर्यअस्तदेखि प्याराग्लाइडिङको हब पनि यही सराङ्कोट हो । तर पछिल्लो एक दशक यता यो भूमि स्वार्थ समूहले रजाई गर्ने थलो बनेको छ । पोखराको सेती बगरदेखि सराङ्कोटसम्म अहिले अन्नपूर्ण केवलका

पर्यटन क्षेत्रको विकासमा तीन तहका सरकार लाग्नुपर्छ : मन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटनको लागि तीन तहकै सरकार आवश्यक रहेको बताउनुभएको छ । शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले तीनै तहका सरकारको समन्वयमा मात्र पर्यटन विकास सम्भव रहेको बताउनुभएको हो । उहाँले नेपालमा पर्यटकहरूको भ्रमण तथा अध्ययनको लागि संस्कृति, कला, सौन्दर्य, प्रकृति र शाहसीक गन्तव्यहरू रहेको भन्दै त्यस्ता विषयबस्तुहरू माथि