पोखरामा पर्यटकको चहलपहल अझै बढ्न सकेन

पोखरा–विगतका बर्षमाहरूमा पर्यटकले खचाखच भरिने पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा यस बर्ष सिजन लागि सक्दा समेत पर्यटक बाक्लो उपस्थिति छैन । गत बर्षको विनाशकारी भूकम्पदेखि नै पोखराको पर्यटन क्षेत्रले पहिलाको जस्तो गति लिन सकेको छैन । यस बर्ष पोखरामा यूरोप, अमेरिका, अष्ट्रेलिया लगायतका देशबाट आउने पर्यटकको कमी देखिन्छ । चाइनिज पर्यटकहरू भने आइ रहेको लेकसाइका पर्यटक व्यवसायीले बताएका छन् । लेकसाइडको

सम्पदा पुननिर्माणको काम कछुवा गतिमा

काठमाडौं–असोज १ । नेपालको पहिचानसँग जोडिएका ऐतिहासिक तथा पुरातात्वीक सम्पदाहरु पुनर्निर्माणको काम सुस्त भएको छ । ५ वर्षभित्रमा मुलुकका सवै सम्पदाहरु  पुननिर्माण गरिसक्ने बताएको सरकारले काममा ढिलाइ गर्दा अपेक्षा अनुरुप काम सम्पन्न गर्नेमा आशंका बढेको बसन्तपु क्षेत्रका स्थानीय समाजसेवी गणपति लाल श्रेष्ठले बताउनुभयो । सम्पदा पुनर्निमाणको जिम्मेवारी लिएको पुरातत्व विभागले भने अर्थमन्त्रालयबाट समयमै बज

कालीकोट विमानस्थल निर्माण एक वर्षमा सक्न मन्त्री शाहीको निर्देशन

कालीकोट–भदौ १८ । पर्यटनमन्त्री जीवनबहादुर शाहीले कालीकोट कोटबारामा निर्माणाधिन विमानस्थल आफ्नै कार्यकालमा पुरा गर्ने बताउनुभएको छ ।कालीकोटको कोटबारामा बिक्रम सम्बत् २०४३ सालदेखि निर्माणको काम शुरु भई अझसम्म निर्माण पुरा नभएको एयरपोर्ट ३० वर्षपछि मन्त्री शाहीले आफ्नै कार्यकालमा सञ्चालनमा ल्याउने दाबी गर्नुभएको हो । विमानस्थलको निरीक्षण गर्दै मन्त्री शाहीले समग्र कर्णलीको विकाससँगै कालीकोटमा अबरुद्ध

अन्य सवारीले पर्यटक बोके कारवाही गरिने

काठमाडौं–भदौ १८ । यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले पर्यटक सवारी बाहेक निजी सवारीले पर्यटक बोकेमा कारबाही गरिने चेतावनी दिनुभएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई पर्यटक सवारीले मात्र बोक्न पाउने विभागका महानिर्देशक श्रेष्ठले बताउनुभएको हो । पर्यटक गाडीले आम नेपालीलाई भन्दा पनि नेपाली पर्यटकलाई बोक्न सक्ने उहाँले बताउनुभयो । पर्यटक बोक्ने हरियो नम्बर प्लेटका गाडीको अभावका कार

सुर्खेत एयरपोर्टमा आधुनिक धमकल ल्याइयो

भदौ १६ । सुर्खेत विमानस्थलमा अत्याधुनिक प्रविधि जडित अग्नि नियन्त्रक यन्त्र (दमकल) ल्याइएको छ । नेपाल नागरिक उड््ययन प्राधिकरणले विमानस्थल सञ्चालन भएको पाँच दशकपछि पहिलोपटक आगलागिका घटना नियन्त्रण गर्ने दमकल उपलब्ध गराएको हो । विमानस्थलका प्रमुख विनोदकुमार पन्तले विमानस्थल सञ्चालनमा आएको ५२ वर्षपछि पोर्टेवल टाईप अल्ट्रा हाई प्रेसर फायर भेहिकल पहिलो पटक आएको जानकारी दिनु भयो । विमानस्थलमा हुन सक्न

पोखरामा चोरीका घटना बढे

कास्की–भदौ ९ । चाडपर्व शुरु भएसँगै पोखरामा लुटपाट र चोरीका घट्ना बढेका छन् । पोखराका मुख्य स्थानमै दिनदहाडै चोरी हुनुका साथै मानिसहरु लुटिन थालेपछि आम पोखरेलीमा सुरक्षाको चिन्ता बढ्न थालेको छ । चाडपर्वको समयमा बजारमा भिडभाड बढेसंगै लुटेरा र चोरीका घट्ना बढेको पीडितहरुले बताएका छन् । चाडपर्वको समयमा भिडभाडसंगै चोरीका घट्ना बढेको प्रहरीले पनि स्वीकारेको छ । चोरी तथा लुटपाट रोक्न प्रहरीले दैनिक सिभि

सिजन सुरु नहुँदै बन्दीपुरमा पर्यटकको चहलपहल

तनहुँ–भदौ ६ । सिजन सुरु नहुँदै तनहुँको बन्दीपुरमा पर्यटकको चहलपहल बढ्न थालेको छ । सामान्यतय, पर्यटक आउने समय असोज/कार्तिक महिना भएपनि यो वर्ष बन्दीपुरमा चाँडै पर्यटकको चहलपहल देखिएको छ । विगतका वर्षमा सामान्यतया असोज/कात्तिक महिनाबाट मात्र बन्दिपुरमा पर्यटकको चहलपहल बाक्लिने गरेको थियो । बन्दीपुरमा भदौ महिनाको सुरुमै दैनिक चारसय जना सम्म पर्यटकहरु आउन थालेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष

अमेरिका र क्यानडामा नेपाल चिनाउने टण्डनको कथा

अनिष्मा बस्नेत : काठमाडौं - सम्पादित, साउन २९ । दाङमा जन्मिएका एनबी टण्डन एघार वर्ष देखि रोजगारीको सिलसिलामा क्यानडामा छन् । उनको पेशा हो ड्राइभिङ । प्रवासमा रहेर ड्राइभिङको पेशा आगाले पनि उनी नेपाल र नेपालको प्राकृतिक सौन्दर्यको पुजारी हुन् । उनी राष्ट्रियता प्रति निकै सचेत छन् । त्यसैले क्यानाडामा पनि नेपाल चिनाउने कर्म गरिरहेका छन् । विगत ३ बर्ष देखि पेशा सागसागै उनी नेपाल चिनाउने पवित्र कर्मम

देशभरका शिवालयमा भक्तजनको घुँइचो

काठमाडौं–साउन १७ । साउनको तेस्रो सोमबार, देशका सबैजसो शिव मन्दिरहरुमा भक्तजनको घुइँचो लागेको छ । काठमाण्डौको पशुपतिनाथ, भक्तपुरको डोलेश्वर, पोखराको केदारेश्वर लगायतका देशभरका शिव मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । यस्तै, साउन महिनासँगै डोलेश्वर मन्दिरमा यो वर्ष पनि ३८ दिने साउने मेला लागेको छ । साउन महिनाको तेस्रो सोमबार पोखराको केदारेश्वर लगायत बिभिन्न शिवालयमा जल चढाउने भक्तजनहरुको घुइचो देखि

छिन्चु–जाजरकोट सडकखण्ड, यात्रा जोखिम

जाजरकोट–साउन । छिन्चु–जाजरकोट सडकखण्डमा पर्ने एक दर्जनभन्दा बढी खोलामा सडक पुल नहुँदा त्यस क्षेत्रका बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । छिन्चु जाजरकोट सडकखण्डमा पर्ने विभिन्न खोलामा पुल निर्माण गर्न सरोकारवालाले ध्यान नदिँदा खोलामा बाढी आउँदा समेत जोखिम मोलेर वारपार गर्नुपर्ने सर्वसाधारणले बताएका छन् । पुल अभावमा जाजरकोटवाट सुर्खेत पुग्न ३ दिनसम्म लाग्ने गरेको छ । यो सडकअन्तर्गत सल्यान,