भूकम्प प्रभावित क्षेत्रका ४० विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा

मोरङ–जेठ १८ । मोरङको हात्तीमुडा–७ स्थित मनमोहन स्मृति पोलिटेक्निकल कलेजले भूकम्प प्रभावित क्षेत्रका ४० जना विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा प्रदान गर्ने भएको छ । नेपाल सरकार र सिटिइभिटीको सहयोगमा मनमोहन स्मृति पोलिटेक्निकल कलेजले भूकम्प प्रभावित क्षेत्रका ४० जना विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा उपलब्ध गराउने भएको हो । सिभिल इन्जिनियरिङको तीनवर्षे डिप्लोमा कोर्ष निःशुल्क अध्ययनका ल

पहिरो पन्छाएपछि बेनी–जोमसोम सडक सञ्चालनमा

मुस्ताङ–जेठ १८ । पहिरोका कारण अवरुद्ध हुँदै आएको बेनी–जोमसोम सडक पुनः सञ्चालनमा आएको छ । वर्षाका कारण मुस्ताङ र म्याग्दीको सिमानामा पर्ने घासामा पहिरो गएपछि शनिबारदेखि अवरुद्ध सडक सोमबारदेखि सीधा सञ्चालनमा आएको हो । पहिरोले भत्काएको करिब १० मिटर सडक खण्ड सडक विभाग बागलुङको सहकार्यमा मर्मत भएसँगै नियमित रुपमा सवारीसाधन सञ्चालनमा आएको हो । लामो समय सडक अवरुद्ध हुँदा मुस्ताङ भ्रमणमा आउने आन्तरिक तथा

बजेटपछि सरकार फेर्ने भद्र सहमति भएको हो : नेता खनाल

काठमाडौं–जेठ १८ । पूर्वप्रधानमन्त्री समेत रहनुभएका एमाले वरिष्ठ नेता झलनाथ खनालले नीति तथा कार्यक्रम र बजेटपछि सरकार परिवर्तन गर्ने भद्र सहमति माओवादी केन्द्रका अध्यक्षसँग भएको खुलाशा गर्नुभएको छ । आफ्नो पार्टीका अध्यक्षको नेतृत्वमा रहेको सरकार संकटमा पर्नेभएपछि  सरकार बचाउन वैशाख तेस्रो साता दुई वामपन्थी दलबीच सहमति सरकारको नेतृत्व हस्तान्तरणको भद्र सहमति भएको नेता खनालले प्रस्ट पार्नुभएको हो ।

काठमाडौमा अन्तराष्ट्रिय उर्जा सम्मेलन सुरु

काठमाडौं–जेठ १८ । आजदेखि काठमाडौमा अन्तराष्ट्रिय उर्जा सम्मेलन सुरु भएको छ । काठमाडौंको एक तारे होटलमा प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्नुभएको सम्मेलनमा नेपालको उर्जा संकटको समाधान, विदेशी लगानी आकर्षित गर्ने विषयमा छलफल भइरहेको छ । उर्जा संकट र जलविद्युत विकासमा कानुनी सुधारका विषयमा केन्द्रित सम्मेलनमा भारत, चीन, कोरिया, रसिया, नर्वे, क्यानडा, अमेरिका लगायत देशका जलबिद्युत विज्ञहरुको सह

विश्व धुम्रपान विरुद्धको दिवस, विभिन्न कार्यक्रम सहित मनाइदै

काठमाडौं–जेठ १८ । मे ३१ अर्थात विश्व धुम्रपान विरुद्धको दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि यो दिवस मनाइदैछ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को आह्वानमा हरेक वर्षको मे ३१ का दिन यस क्षेत्रमा काम गर्ने संघसंस्थाले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदै आएकाछन् । ‘सुर्तीजन्य पदार्थको प्याकेटलाई सादा बनाऔं’ भन्ने नारा सहित सुरु भएको यो दिवसले अहिले विश्वव्यापी दिवसको महत्व पाएको छ । नेपालमा पनि

एमाले र माओवादी केन्द्रले संसदमा मिलेर विपक्षीको सामना गर्ने

काठमाडौ जेठ १७ । सत्ता साझेदार प्रमुख दुई दल नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रका अध्यक्षहरुबीच सरकारले ल्याएको नयाँ बजेटमा व्यवस्थापिका–संसदमा मिलेर विपक्षीको सामना गर्ने सहमति भएको छ । एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज प्रम निवास बालुवाटारमा भएको भेटवार्तामा नयाँ बजेटले जनतामा नयाँ उत्साह ल्याएको हुँदा बजेटको कार्यान्वयनमा कुराकानी भएको थियो

कांग्रेसको अवरोधका कारण संसद बैठक मंगलबारसम्म स्थगित

काठमाडौं–जेठ १७ । व्यवस्थापिका–संसद्को चौथो बैठक पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण कार्यसूचीमा प्रवेश गर्न सकेन । तीन बजे चौथोपटक बसेको संसद् बैठकमा कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले बजेटका सूचना चुहाइएको घटनाको छानबिन नभएसम्म सदनको कारबाही अगाडि बढ्न नदिने जिकिर गर्नुभएको थियो । उहाँले सत्तापक्षसँग मिलेर काम गर्न कांग्रेस तयार रहेको रहेको भन्दै निकासका लागि सरकारको अग्रसरत

संघीय गठबन्धनबाट थप आन्दोलनका कार्यक्रम सार्वजनिक

काठमाडौ–जेठ १७ । काठमाडौं उपत्यका केन्द्रित आन्दोलन थालेको संघीय गठबन्धनले सरकारलाई दबाब दिन भन्दै थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। राजधानी केन्द्रित दोस्रो चरणको आन्दोलन आज सम्पन्न भएलगत्तै गठबन्धनले थप कार्यक्रम सहित आन्दोलन जारी राख्ने घोषणा गरेको हो । गठबन्धनका संयोजक उपेन्द्र यादवबाट जारी वक्तव्य अनुसार २०७३ जेष्ठ २५ गतेदेखि असार मसान्तसम्म प्रत्येक दिन बिहान ७ बजेदेखि बेलुका

अस्पतालको लापरवाहीबाट दुई बच्चाको मृत्यु

एजेन्सी–जेठ १७ । भारतको मध्य प्रदेशको इन्दौरमा रहेको सबैभन्दा ठुलो सरकारी अस्पतालको लापरवाहीका कारण दुई बच्चाले ज्यान गुमाएका छन् । भारतको यशवंत राव अस्पतालका डाक्टरले बच्चालाई अक्सिजनको सट्टा नाइट्रस अक्साइड ग्यास दिएका कारण बालकको मृत्यु भएको बताइएको छ । अझ बालबालिकाको मृत्यु भएको अपरेशन थियटर पाँच दिन पहिला मात्र सुरु गरिएको जनाइएको छ । बच्चाको मृत्युपछि अपरेशन थियटर सिल गरिएको छ भने घटना बा

कांग्रेसको अवरोध जारी, व्यवस्थापिका संसद्को तेश्रो बैठक पनि स्थगित

काठमाडौं–जेठ १७ । व्यवस्थापिका–संसद्को तेश्रो बैठक पनि नेपाली कांग्रेसको अवरोधका कारण कार्यसूचीमा प्रवेश नै नगरि स्थगित भएको छ । आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको तर्फबाट महेश आचार्यले बोल्दै सार्वभौम संसद्को विशेषाधिकारमा आघात पुर्याउने गरि बजेटका सूचना चुहाइएको बारे छानबिन नहुँदासम्म बैठक चल्न नदिने बताउनुभयो । सरकारसँग मिलेर काम गर्न कांग्रेस तयार भएको भन्दै उहाँले यस्ता गतिवि