सोमबार थप ९ सय ७९ जनामा कोरोना संक्रमण पुष्टी, ११ जनाको मृत्यु

काठमाण्डौ,  पछिल्लो २४ घण्टाको अवधिमा  देशभर ९ सय ७९ जनामा कोरोना भाईरस संक्रमित (कोभिड-१९) पुष्टी भएको छ | आज थप ११ जनाको मृत्यु भएको छ|

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न  प्रयोगशालामा  ९ हजार २ सय  १८ जनामा नमुना पिसिआर परिक्षण बाट ९ सय ७९ जनामा कोरोना संक्रमित पुष्टी भएको छ |

यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमण हुनेको सङ्ख्या ४७  हजार २ सय ३७ जना पुगेका छन् | भने ३ सय जनाको मृत्यु भएको छ |

पछिल्लो २४ घण्टामा कोरोना भाईरस बाट निको भएर १ हजार ७ सय ३६ जना घर फर्किएका छन् भने सोमबार सम्ममा कुल  ३० हजार ६ सय ७७ जना निको भएर घर फर्केका छन् ।

अहिले सम्म १६ हजार २ सय ५९ जना सक्रिय संक्रमित रहेका छन् | ७ हजार १ सय ९० जना होम आईसोलेशनमा रहका छन् भने ९ हजार ६९ जना संस्थागत आईसोलेशनमा रहका छन् |

तपाईको प्रतिक्रिया