होमस्टे कर्मीहरूसँग डा. योगी विकासानन्द

कास्की– होमस्टे एशोसिएन नेपाल गण्डकी प्रदेश प्रदेशको आयोजनामा मार्फत गण्डकी प्रदेशमा पर्यटन विकास शीर्षकमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री माननीय विकास लम्सालको प्रमुख आथित्यतामा सम्पन्न उक्त कार्यक्रममा डा. योगि विकासानन्द प्रमुख बक्ता रहनुभएको थियो ।

मन्त्री लम्सालले गण्डकी प्रदेशमा होमस्टेको पूर्वाधार विकासको लागी छुट्याइएको ३० करोड अनुदान रकम सही सदुपयोग गर्न होमस्टे संचालकहरूलाई सुझाब दिदै प्रकृति र संस्कृतीको संरक्षण गर्दै ग्रामिण भेकमा स्वरोजगार सिर्जना होमस्टे मार्फत नै गर्न सकिने कुरामा जोडदिनुभयो ।

कार्यक्रममा प्रमुख वक्ता डा.योगीले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै इको स्प्रिचुवालिटी र होमस्टेको अन्तरसम्बन्ध बारे धारणा राख्नुभयो । कायक्रममा होसान केन्द्रीय अध्यक्ष भिम केसीले होमस्टे अभियानबारे बोल्दै यही माघ १८, १९, र २० गते नवलपुरको पिप्रहर सामुदायिक होमस्टेमा हुन गइरहेको होसानको केन्द्रीय महाधिवेसन बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड पोखराका निमित्त कार्यलय प्रमुख गोपाल भण्डारी र विशेष अथिती वाताबरण विभागका महानिर्देशक झलकराम अधिकारीले आध्यात्मबाद , र पर्यटन वारे बोल्नुभएको थियो ।

करिब ६० वटा निजी तथा सामुदायिक होमस्टेहरूको प्रतिनिधित्व रहेको उक्त कार्यक्रममा पर्यटन संग सरोकार राख्ने व्यक्ती तथा संघसंस्थाहरूको पनि सहभागीता थियो । होसान गण्डकी प्रदेशको आयोजना र नेपाल पर्यटन वोर्ड पोखराको सहयोग रहेको उक्त कार्यक्रमको सभापतित्व होसान गण्डकीका अध्यक्ष हरिलाल पौडेल र कार्यक्रम संचालन सचिव कृष्णप्रसाद तिमिल्सिनाले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया