सबै ठूला दल आन्तरिक विवादमा

काठमाडौं–सत्ताको बागडोर सम्हालीरहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस जनमतका आधारमा क्रमश: पहिलो ठूलो दल र दोस्रो ठूलो दल हुन् । प्रदेश र प्रतिनिधिसभाको चुनावपछि दुई बहुमत सहित सरकार सञ्चालन गरिरहेको नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस ठूलै जनअपेक्षा रहेको छ । सरकार सञ्चालन गरिरहेको नेकपाबाट

आर्थिक विकास, शुसासन, सम्बृद्धिको आसा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट सरकारका नराम्रा काममा खबदारीको आसा गरिएपनि सरकार गठन भएको यतिका समयसम्म जनताले यो कुराको प्रत्याभूति गर्न सकेका छैनन् ।

अहिले यि दुई ठूला दलहरू पार्टीकै आन्तरिक विवादमा चुर्लुम्म डुबेका कारण आफ्नो जिम्मेवारी पूरा गर्नबाट चुकेका छन् । नेकपामा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओली, बरिष्ठ नेता मात्रव कुमार नेपाल र तत्कालीन माओवादी नेताहरूवीच गुटबन्दी र विवाद रहेको देखिन्छ । यतिसम्मकी सरकार सञ्चालन गरिरहेको दल नेकपाका बरिष्ठ नेताले सरकारको निरन्तर आलोचना गरिरहेका छन् । त्यस्तै, नेपाली कांग्रेस भित्रको आन्तरिक कलह पनि लामो समयदेखि सतहमा छ । खासगरी कांग्रेसमा सभापति देउवा, पाटी बरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलावीच गुटबन्दी र आरोप प्रत्यारोपको स्थिति छ । नेपाली राजनीति समाजसेवा भन्दा पनि स्वार्थ र व्यक्ति केन्द्रीत रहेका कारण सबै राजनीतिक दलमा आन्तरिक विवादले जरा गाडेको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

राष्ट्रिय दलको मान्यता पाएका चारै दल, यो बेला आन्तरिक विवादमा अल्झिएका हुन् । दुई ठूला दलपछिका अन्य राष्ट्रिय दल संघीय समाजबादी फोरम र राष्ट्रिय जनतापार्टी नेपाल भित्र पनि पद र प्रतिष्ठाका लठाई चलिरहेको छ । संघीय समाजवादी फोरम सरकारमा सहभागी भएपनि पार्टी भित्रका अन्य नेताहरूको असन्तुष्टी बढ्दो छ । त्यसैगरी ६ जना अध्यक्ष रहेको राष्ट्रिय जनता पार्टीका नेपालका नेताले पार्टी भित्रै छुट्टा छुट्टै धार समाएका छन् ।

तपाईको प्रतिक्रिया