एशियाकपमा नेपालको पहिलो जित

काठमाडौं– एसीसी एसिया कप छनोट क्रिकेटअन्र्तगत आफ्नो तेस्रो खेलमा नेपालले मलेसियालाई पराजीत गरेको छ । य

सअघि दुई खेलमा हार व्यहोरेको नेपालले शनिबार मलेसियालाई १९ रनले पराजीत गरेको हो । १ सय ८९ रनको विजयी लक्ष्य पछ्याको मलेसियाले निर्धारित ३० ओभरमा ९ विकेट गुमाउदै १ सय ६९ रन मात्रै बनाउन सक्यो । नेपाललाई सफलता दिलाउने क्रममा बसन्त रेग्मीले ३ तथा सन्दीप लामिछाने र सोमपाल कामीले २/२ विकेट लिए ।

यस्तै सागर पुन र दिपेन्द्रसिंह ऐरीले समान एक विकेट हात पारे । नेपालले ३० ओभरमा ७ विकेटको क्षतिमा १८८ रन बनाएको थियो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरी र आरिफ शेखले अर्धशतकयि पारी खेले । ऐरीले ५१ ब्लमा ५४ तथा शेखले ४८ बलमा नटआउट ६४ रन बनाए ।

पारस खड्काले १३, ज्ञानेन्द्र मल्लले ११, अनिल कुमार साहले १६, सुवास खकुरेलले ९ तथा बसन्त रेग्मीले ६ रन बनाए । सुरुका दुुई खेलमा पराजित भएको नेपालले मलेसियासंगको खेलमा जीत निकालेपछि एसिया कप क्रिकेट खेल्ने आश जीवित राखेको छ ।

बायुमास ओभलमा वर्षाले प्रभावित भएपछि ढिला गरी शुरु भएको खेलमा नेपालले निर्धारित ३० ओभरमा ७ विकेट गुमाएर १ सय ८८ रन बनाएको हो ।

तपाईको प्रतिक्रिया